बर्दिवासमा आजदेखि दोश्रो मेयर कप आयोजना

महाेत्तरी। क्रिकेटमा अब्बल बन्दै आएका मधेश प्रदेशका पालिकाहरूले यसको विकास र खेलाडी उत्पादनमा ध्यान दिन थालेका छन् ।
पछिल्लो समय बाक्लै आयोजना हुँदै आएको क्रिकेट प्रतियोगिताहरुले पनि यसलाई पुष्टि गरेको छ ।
यसै क्रममा आजैदेखि महोत्तरीको बर्दिवासमा दोश्रो मेयर कपकोरुपमा वडास्तरिय क्रिकेट खेल प्रतियोगिताको आयोजना गरिएको छ । पालिकामा खेलाडीहरुको पहिचान र नविन खेलाडीहरुको उत्पादन गर्ने उदेश्यले नगरको आर्थिक सहयोगमा श्री सर्च-४४ खेलकुद तथा सांगितिक समुहको आयोजनामा पालिकाका १३ समूहविच प्रतियोगिता हुँदै छ ।
४ लाख खर्चको अनुमान गरिएको प्रतियोगितामा विजेतालाई ५१ हजार र उपविजेतालाई २५ हजार नगद पुरुस्कारको समेत व्यवस्था गरिएको खेल संयोजक इमेश साह (अनिल)ले जानकारी दिए ।
माघ ९ गतेसम्म जारी रहने उक्त खेल आजवाट औपचारिक सुरुवात गरिने आयोजक पक्षले जनाएको छ । आयोजक संस्थाका अध्यक्ष योगेश हमालका अनुसार प्रतियोगिता एउटा प्रक्रिया भएतापनि क्रिकेटमा खेलाडीहरुको उत्पादन गर्नु नै प्रमुख उदेश्य रहेको छ ।









एनपीएलमा आज दुई खेल : चितवन र काठमाण्डु, विराटनगर र कर्णाली भिड्दै
आजका लागि विदेशी मुद्राको विनिमयदर
आज मंसिर १२ गते शुक्रबार, कस्ताे रहला तपाइकाे राशिफल ?
एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रतिक्रिया