जय ट्रफी फाइनल : कुशल भुर्तेलले बनाए अर्धशतक
मेरोन्यूज
२०८१ माघ १ गते १६:५८

काठमाडौँ। जय ट्रफी एलिट कपको फाइनलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मीबीच खेल जारी छ ।
पहिले ब्याटिङ गरेको पुलिसले पहिलो दिनको खेल समाप्त हुँदा २ विकेट क्षतिमा ८५ रन बनाएको छ ।
वर्षाका कारण आजको खेल दिउँसो मात्र सुरु भएको थियो । आर्मीले टस जितेर पहिले फिल्डिङ रोज्यो ।
पुलिसका लागि ओपनर कुशल भुर्तेलले अर्धसतक बनाएका छन् ।
भुर्तेलले ५१ बलमा अर्धसतक पूरा गरेका हुन् । उनले ६ चौका प्रहार गरिसकेका छन् । प्रतियोगितामा कुशलको यो दोस्रो अर्धसतक हो ।
मंगलबारको खेलमा आर्मीका लागि सोमपाल कामी र साहब आलमले एक-एक विकेट लिएका छन् ।
जय ट्रफीको फाइनल तीन दिवसीय हुनेछ । पहिलो दिन वर्षाका कारण १७ ओभरको खेल मात्रै सम्भव भएको थियो ।
सम्बन्धित









एनपीएलमा आज दुई खेल : चितवन र काठमाण्डु, विराटनगर र कर्णाली भिड्दै
आजका लागि विदेशी मुद्राको विनिमयदर
आज मंसिर १२ गते शुक्रबार, कस्ताे रहला तपाइकाे राशिफल ?
एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रतिक्रिया