आर्थिक क्षेत्रका कानुन सुधार गर्ने सरकारीको प्रयास सकारात्मक : चेम्बर

काठमाडौं । आर्थिक तथा व्यावसायिक वातावरण एवं लगानी अभिवृद्धिका लागि सरकारले ल्याएका अध्यादेश सकारात्मक र दुरगामी महत्त्वको रहेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।
सार्वजनिक सेवा सुधार गर्दै व्यावसायिक वातावरण र लगानी अभिवृद्धिका लागि कानुनमा संशोधन गर्न सरकारले ल्याएको अध्यादेश सकारात्मक रहेको चेम्बरले उल्लेख गरेको छ ।
चेम्बरले जारी गरेको विज्ञप्तिमा छ, ‘सार्वजनिक सेवा सुधार र आर्थिक तथा व्यावसायिक वातावरण एवं लगानी अभिवृद्धि गर्न अध्यादेश आएको छ, यसले मुलुकको आर्थिक वातावरणमा सुधार र लगानी अभिवृद्धि हुने विश्वास छ ।’
अर्थतन्त्र सुधार एवं लगानीमैत्री वातावरणका लागि चेम्बरले कानुनी पाटो सुधार गर्न सरकारको ध्यानाकर्षण गराउँदै आएको समेत जनाएको छ । वर्तमान अर्थतन्त्रको अवस्था सुधार गर्न सरकार प्रतिबद्ध रहेको देखिएको चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवालले बताए ।
रकम फिर्ता लैजान चाहने विदेशी लगानीकर्ताको प्रस्ताव ७ दिनमै स्वीकृत हुने अध्यादेशमा उल्लेखित व्यवस्थाको चेम्बरले स्वागत गरेको छ । यसले मुलुकभित्र लगानीको राम्रो वातावरण रहेको सन्देश जाने अध्यक्ष अग्रवालले बताए । ‘चेम्बरले अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि लगानी सम्मेलनका क्रममा उठाएको इजी इन्ट्री र इजी एक्जिटको विषय सम्बोधन भएको छ,’ उनले भने ।
सूचना प्रविधि उद्योगले विदेशमा कार्यालय खोल्न र लगानी गर्न सक्ने अध्यादेशमा उल्लेखित प्रावधान यस क्षेत्रको विकासका लागि कोशेढुंगा भएको चेम्बरको ठहर छ ।
आर्थिक तथा व्यावसायिक वातावरण सुधार एवं लगानी अभिवृद्धि सम्बन्धी अध्यादेशबाट विभिन्न ११ र सुशासन प्रर्वद्धन तथा सार्वजनिक सेवा सम्बन्धी अध्यादेशबाट १३ कानुन संशोधन हुनु अर्थतन्त्रको दिगो विकासका लागि महत्त्वपूर्ण भएको चेम्बरले उल्लेख गरेको छ ।
जग्गाबाहेक स्थिर सम्पत्ति वा सम्झौता धितो राखेर पनि ऋण लिन सकिने व्यवस्थाले अर्थतन्त्र र वित्तीय क्षेत्र चलायमान बनाउन सहयोग पुग्ने चेम्बरले विश्वास लिएको छ । बैंक तथा वित्तीय क्षेत्रमा अधिक तरलता रहेका सन्र्दभमा अध्यादेशमा उल्लेखित प्रावधानले केही सहजता प्रदान गर्ने अध्यक्ष अग्रवालले बताए ।
विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योगलाई प्राथमिकतामा राख्नु पनि चेम्बरले महत्त्वपुर्ण कदम भनेको छ । विशेष आर्थिक क्षेत्र ऐन २०७३ संशोधन गरी सेजका उद्योगीलाई ७५ प्रतिशत निर्यात गर्ने बाध्यात्मक अवस्था अन्त्य हुनुलाई सकारात्मक लिएको चेम्बरले जनाएको छ । सेवा क्षेत्रलाई पनि सेजमा आबद्ध गर्ने गरी अध्यादेशमा उल्लेखित व्यवस्थाले सेजमा निजी क्षेत्रलाई सहजीकरण गर्न खोजिएको चेम्बरले जनाएको छ ।
हाल सञ्चालनमा रहेका उद्योग सेजमा सारिए कर छुट दिइने व्यवस्थाको स्वागत गर्दै चेम्बरले आन्तरिक उत्पादनदेखि बजारीकरणसम्म सहज हुने अपेक्षा समेत गरेको छ ।
यस्तै, विवरण नबुझाएका कारण कम्पनीलाई लाग्ने जरिवानामा ९० प्रतिशतसम्म छुट दिन अध्यादेशमा गरिएको व्यवस्थालाई पनि चेम्बरले स्वागत गरेको छ । यसले औद्योगिक वातावरण केही सहज हुने चेम्बरले उल्लेख गरेको छ ।
अर्थतन्त्रको शिथिलता अन्त्य गर्न अध्यादेश महत्त्वपूर्ण भएको भन्दै संसद्को हिउँदे अधिवेशनबाट अध्यादेश टुंग्याउनसमेत चेम्बरले सरकारको ध्यानाकर्षण गराएको छ ।
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया