टुँडिखेलमा मगर र थारु समुदायको माघी कार्यक्रम

काठमाडौँ । नेपालका आदिवासी जनजाति मगर र थारु समुदायले आज राजधानीको टुँडिखेलमा ‘माघे सङ्क्रान्ती’/माघी महोत्सव र सांस्कृतिक कार्यक्रम भव्यताका साथ मनाएका छन् । महोत्सवमा दुवै समुदायले आ-आफ्ना रहनसहन, वेशभूषा र जातीय पहिचान झल्कने सांस्कृतिक झाँकीसहित गीतसङ्गीत प्रस्तुत गरेका थिए ।
नेपाल मगर संघद्वारा आयोजित ‘प्रमुख राष्ट्रिय सांस्कृतिक पर्व माघे सङ्क्रान्ती-२०८१’ कार्यक्रममा मगर समुदायको पहिचान झल्कने घुमाउने घर र सो समुदायले प्रयोग गर्दै आएका कृषि औजारलगायत मौलिक र सांस्कृतिक रहनसहन वेशभूषा प्रदर्शनमा राखिएको थिए ।
सो अवसरमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेमश गुरुङले राजनीतिक, सामाजिक, भाषिक र सांस्कृतिक अधिकार प्राप्त गर्न मगर समुदाय एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभयो । सङ्घका सल्लाहकार एवं संविधानसभा सदस्य अमरसिंह पुनले राणा र राजतन्त्रविरुद्ध एकताबद्ध भएर लडेका राजनीतिक दल र नेतृत्वले मुलुकको समृद्धिका निमित्त सामूहिक तथा एकताबद्ध भएर पहल गर्नुपर्नेमा जोड दिए।
सांस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुनले सांस्कृतिकरुपमा धनी मगर समुदायले संस्कृति संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणमा ध्यान दिनुपर्ने बताए ।
यस्तै थारु कल्याणकारीसभाले आयोजना गरेको ‘थारु राष्ट्रिय माघी महोत्सव तथा सांस्कृतिक कार्यक्रम’मा थारु महिला लेहेंगा, चोली, कन्सेरी, झुम्का, बुँलाकी, पगिया र कारालगायत मौलिक पोसाक तथा गहनामा सजिएका थिए । थारु समुदायका कलाकारले झुमरा, मघौटा, धुमरु, डम्फु, छलिया र छोक्रा नाच प्रस्तुत गरेका थिए ।
ढिक्री, अनदीको भात, मुरही, बरिया, घुँगी, गंगटा, सिपी, मुसाको चटनी, परेवाको सुपलगायत स्थानीय परिकार बिक्रीमा राखिएको छ । महोत्सवमा एक सयभन्दा बढी स्थानीय खानाका ‘स्टल’ राखिएका छन् ।
















अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ
प्रत्यक्षतर्फ ११ जिल्लाको मतपत्र छपाइ सकियाे
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
प्रतिक्रिया