बीबीसीलाई भेट्रान फुटबल उपाधि
मेरोन्यूज
२०८१ माघ १ गते २१:३७

काठमाडौं । बीबीसी भेट्रानले दोस्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ । जावलाखेल मैदानमा मंगलबार भएको फाइनलमा बीबीसीले आयोजक कुसुन्ती ‘बी’ लाई २–० गोलले पराजित गर्यो ।
दुवै गोल पहिलो हाफको सुरुआती समयमा भएको थियो । बीबीसीका लागि दीपक लामाले पहिलो तथा आकाश छन्त्यालले दोस्रो गोल गरे ।
उपाधिसँगै बीबीसीले २ लाख नगद पुरस्कार पायो भने कुसुन्ती ‘बी’ ले १ लाख नगदमा चित्त बुझायो ।
कुसुन्ती ‘बी’ का सविनबाग श्रेष्ठ उत्कृष्ट खेलाडी, कुसुन्ती ‘बी’ कै प्रदीप तण्डुकार उत्कृष्ट गोलरक्षक र बीबीसीका दीपक लामा उत्कृष्ट डिफेन्डर घोषित भए । तीनैजनाले जनही ५ हजार नगदसहित गिफ्ट भौचर प्राप्त गरे ।
पुस २२ गतेदेखि सुरु प्रतियोगितामा ३० टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । पहिलो संस्करणको उपाधि कुपण्डोल ४० प्लस भेट्रानले जितेको थियो ।
सम्बन्धित
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
महिला–टी २० विश्वकप छनोट : स्कटल्यान्डमाथि बंगलादेशको फराकिलो जित
प्रतिक्रिया