बीबीसीलाई भेट्रान फुटबल उपाधि
मेरोन्यूज
२०८१ माघ १ गते २१:३७

काठमाडौं । बीबीसी भेट्रानले दोस्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ । जावलाखेल मैदानमा मंगलबार भएको फाइनलमा बीबीसीले आयोजक कुसुन्ती ‘बी’ लाई २–० गोलले पराजित गर्यो ।
दुवै गोल पहिलो हाफको सुरुआती समयमा भएको थियो । बीबीसीका लागि दीपक लामाले पहिलो तथा आकाश छन्त्यालले दोस्रो गोल गरे ।
उपाधिसँगै बीबीसीले २ लाख नगद पुरस्कार पायो भने कुसुन्ती ‘बी’ ले १ लाख नगदमा चित्त बुझायो ।
कुसुन्ती ‘बी’ का सविनबाग श्रेष्ठ उत्कृष्ट खेलाडी, कुसुन्ती ‘बी’ कै प्रदीप तण्डुकार उत्कृष्ट गोलरक्षक र बीबीसीका दीपक लामा उत्कृष्ट डिफेन्डर घोषित भए । तीनैजनाले जनही ५ हजार नगदसहित गिफ्ट भौचर प्राप्त गरे ।
पुस २२ गतेदेखि सुरु प्रतियोगितामा ३० टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । पहिलो संस्करणको उपाधि कुपण्डोल ४० प्लस भेट्रानले जितेको थियो ।
सम्बन्धित

















नेप्सेमा दोहोरो अंकको सुधार
पुराना पार्टीले गरेका गलत कामका कारण अहिलेको परिणाम : डोलप्रसाद अर्याल
‘अफ्रिकन स्वाइन फिभर’का कारण १२० बीस बङ्गुर मरे
जनताले विश्वास गरेका छन्, काम गरेरै देखाऔं : उपसभापति वाग्ले
ढोरपाटनका दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’मा उपचार जारी
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
प्रतिक्रिया