लगातार तेस्रो दिन पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?
मेरोन्यूज
२०८१ माघ २ गते ११:३८

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ४०० सय रुपैयाँले बढेर १ लाख ५५ हजार ४०० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुनको मूल्य १ लाख ५५ हजार रुपैयाँ कायम रहेको थियो ।
यता, आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १८ सय ३० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदीको भाउ प्रतितोला १८ सय २० रुपैयाँ कायम रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया