बाढी, अग्नि पीडितको सहयोगार्थ एक करोड ४१ लाख सहयोग

काठमाडौँ । संघीय गणतन्त्र जर्मनीले सर्लाही, रौतहट र काभ्रेपलाञ्चोकमा केही महिनाअघिको बाढी तथा आगलागीबाट प्रभावित भएकाहरुको सहयोगार्थ रु. एक करोड ४१ लाख प्रदान गर्ने गर्ने भएको छ।
काठमाडौँस्थित जर्मनी राजदूतावासमा बुधबार नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्ज र हार्ट वल्र्डवाइड नामक स्वास्थ्य सेवा प्रदायक संस्थाका सह प्रमुख सूर्य भट्टले अनुदान सहायता रकम प्रदान गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
‘हालैका प्राकृतिक विपद्हरूबाट प्रभावित जिल्लाका लागि यो योजना महत्वपूर्ण हो। जाडो मौसममा कमजोर समुदायले तत्काल आवश्यक सहयोग प्राप्त गर्दैछन्,’ राजदूत प्रिन्जले भने।
अनुदान सहायता रकमबाट हार्ट वल्र्डवाइडले जिल्लाका बाढी तथा अग्नि पीडितका साथै महिला, सुत्केरी तथा गर्भवतीलाई स्वास्थ्य तथा सरसफाइ सामाग्री, भाँडावर्तन न्याना सामान प्रदान गर्ने दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ।














आजको मौसम पूर्वानुमान : लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
प्रतिक्रिया