बैंक ग्यारेन्टी दिएर छुटे रवि लामिछाने
मेरोन्यूज
२०८१ माघ २ गते १९:२४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् ।
जिल्ला अदालत काठमाडौंले तोकेको धरौटी तिरेर उनी बुधबार हिरासतबाट छुटेका हुन् ।
अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले रविलाई ६० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । अदालतको आदेशपछि बैंक ग्यारेन्टीमार्फत् धरौटी रकम बुझाएर रवि थुनामुक्त भएका हुन् ।
सम्बन्धित
प्रतिक्रिया