एप्पलका मालिकले कुम्भ मेला वारे लेखेको पत्र ६ करोड ९५ लाखमा लिलामी

प्रयागराज। एप्पलका सह संस्थापक स्टिभ जब्सकी श्रीमती लौरेन पावेल जब्स प्रयागराजमा आयोजना भइरहेको महाकुम्भ–२०२५ मा सहभागी हुन भारतमा छिन् ।
यसैबीच, स्टिभ जब्सले सन् १९७४ मा कुम्भ मेलाको सन्दर्भमा लेखेको पत्र अहिले चर्चाको विषय बनेको छ । यो पत्रमा जब्सले कुम्भ मेलाप्रति आफ्नो रुचि र भारत भ्रमण गर्ने इच्छा व्यक्त गरेका थिए । यो हालै बोनहम्सले अमेरिकी डलर ५ लाख ३१२ (लगभग ६ करोड ९५ लाख) मा लिलामी भएको छ ।
जब्सले आफ्नो बाल्यकालका साथी टिम ब्राउनलाई आफ्नो १९ औं जन्मदिन फेब्रुअरी २३ मा यो पत्र लेखेका थिए । यो चिठी बाहिर आएपछि स्टिभ जब्सकी श्रीमती पावेल पतिको इच्छा पूरा गर्न महाकुम्भमा आएको जनाएकी छिन् ।
स्टिभ जब्सले पत्रमा लेखेका छन्, ‘म अहिले लस गाटोस र सान्ता क्रुजको बिचको पहाडमा एउटा फार्ममा बसिरहेको छु, म अप्रिलमा सुरु हुने कुम्भ मेलाका लागि भारत जान चाहन्छु । म मार्चमा केहि समय जान्छु, यद्यपि अझै पक्का छैन।’ उनले पत्रको अन्त्यमा लेखेका छन् ‘ शान्ति, स्टिभ जब्स। जुन पत्र अहिले लिलामी भएको हो ।
स्टिभ जब्सकी पत्नी लरेन पावेल ४० सदस्यीय टोली लिएर प्रयागराज पुगेकी छन् । जब उनी महाकुम्भमा आइन्, उनका गुरु स्वामी कैलाशानन्दले उनलाई ‘कमला’ भन्ने नयाँ हिन्दू नाम दिएका छन । उनी ध्यान, क्रियायोग र प्राणायाम जस्ता आध्यात्मिक अभ्यासमा भाग लिदैँ आएकी छिन तर मकर संक्रान्तिमा ठूलो भीड हुने भएकाले एलर्जीका कारण उनले संगममा डुब्न सकिरहेकी भने छैनन् । उनको आगमनसँगै यो कार्यक्रमले थप अन्तर्राष्ट्रिय ध्यान तानेको छ ।
गत १३ जनवरी २०२५ देखि सुरु भएको महाकुम्भमा हालसम्म ५ करोड १५ लाखभन्दा बढी भक्तजनले संगममा स्नान गरिसकेका छन् । फेब्रुअरी २६ सम्म चल्ने उक्त कार्यक्रममा ४० करोडभन्दा बढी मानिस सहभागी हुने अपेक्षा गरिएको छ ।













पल्टेको ग्यास बुलेट हटाउन नसक्दा १३ घण्टादेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
पुतिनको निवासमाथि ड्रोन आक्रमण बनावटी दाबी मात्र : युक्रेन
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
रवि–बालेनबिच ७ बुँदे सम्झौता : दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने
रवि भन्छन् – सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्छ
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
प्रतिक्रिया