वरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट : दोलखाका एकजना पक्राउ, म्याद लिएर थालियो अनुसन्धान

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोप लागेका एक जनामाथि प्रहरीले ज्यान मार्ने उद्योगमा अनुसन्धान थालेको छ ।
त्रिपाठीमाथि आक्रमण गरेको आरोपमा दोलखाका ललितकुमार केसी पक्राउ परेका छन् । उनीविरुद्ध ज्यान मार्ने उद्योगमा अनुसन्धान थालेको काठमाडौं प्रहरी स्रोतले जनाएको छ ।
केसीलाई थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई सात दिनको अनुमति दिएको छ । त्रिपाठीमाथि हातपात गर्ने अरूको प्रहरीले खोजी गरिरहेको छ ।
त्रिपाठीले काठमाडौं जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सहकारी ठगीका अभियुक्त रवि लामिछानेविरुद्ध जाहेरवालाका तर्फबाट बहस गरेका थिए ।
सहकारीपीडितका तर्फबाट आफ्नो बहस सकाएर बाहिरिने क्रममा बुधबार उनीमाथि आक्रमण भएको थियो । त्रिपाठीले बिहीबारमात्रै आफूमाथि हातपात गर्नेमाथि कारबाहीको माग गर्दै प्रहरी वृत्त सिंहदरबारमा उजुरी दिएका छन् ।
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया