वरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट : दोलखाका एकजना पक्राउ, म्याद लिएर थालियो अनुसन्धान

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोप लागेका एक जनामाथि प्रहरीले ज्यान मार्ने उद्योगमा अनुसन्धान थालेको छ ।
त्रिपाठीमाथि आक्रमण गरेको आरोपमा दोलखाका ललितकुमार केसी पक्राउ परेका छन् । उनीविरुद्ध ज्यान मार्ने उद्योगमा अनुसन्धान थालेको काठमाडौं प्रहरी स्रोतले जनाएको छ ।
केसीलाई थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई सात दिनको अनुमति दिएको छ । त्रिपाठीमाथि हातपात गर्ने अरूको प्रहरीले खोजी गरिरहेको छ ।
त्रिपाठीले काठमाडौं जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सहकारी ठगीका अभियुक्त रवि लामिछानेविरुद्ध जाहेरवालाका तर्फबाट बहस गरेका थिए ।
सहकारीपीडितका तर्फबाट आफ्नो बहस सकाएर बाहिरिने क्रममा बुधबार उनीमाथि आक्रमण भएको थियो । त्रिपाठीले बिहीबारमात्रै आफूमाथि हातपात गर्नेमाथि कारबाहीको माग गर्दै प्रहरी वृत्त सिंहदरबारमा उजुरी दिएका छन् ।
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया