दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित

काठमाडौं । कर्णाली प्रदेशमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट पारित पारित भएको छ ।
सिहंदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा आज राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष एवं युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बसेको ११९औँ बोर्ड बैठकले उक्त निर्णय पारित गरेको हो ।
कर्णाली प्रदेशमा आयोजना हुने उक्त प्रतियोगिता आगामी चैतमा हुने तय भएको छ । बैठकले नेपाल ओलम्पिक कमिटीको चुनाव र साधारणसभा अवैध भएको ठहर गर्दै आवश्यक प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायमा पठाउने निर्णयसमेत गरेको छ ।
साथै ओलम्पिक कमिटीको चुनाव तथा साधारणसभामा सहभागी राष्ट्रिय खेल सङ्घले राखेपसमक्ष पेस गरेको स्पष्टीकरण उचित कारण र आधारविना पेस गरेका सङ्घका लागि थप आवश्यक प्रक्रिया अगाडि बढाउने गरी निर्णय भएको राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङले जानकारी दिए।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
प्रतिक्रिया