निकोलस भुसाल फेरि पक्राउ, शुक्रबार अदालत पेश गरिने
मेरोन्यूज
२०८१ माघ ३ गते २१:४६

पोखरा । हिरासतमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको तस्बिर खिचेर सार्वजनिक गरेको आरोपमा कास्की प्रहरीले फेरि डा. निकोलस भुसाल (कमल)लाई नियन्त्रणमा लिएको छ ।
गत पुस ८ गते प्रहरीले उनलाई पहिलोपटक पक्राउ गरेको थियो । सोही दिन विद्युतीय अपराधको मुद्दामा उनलाई म्याद थपका लागि अदालत समेत लगिएको थियो । तर उक्त दिन म्याद थप गर्न अदालतले इन्कार गरेको थियो ।
त्यतिबेला न्यायाधीश नारायण दाहालको इजलासले हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थिएन । अदालतले आदेश नदिएपछि भुसाललाई हिरासतबाहिरै राखेर अनुसन्धान गर्नेगरी सोही दिन नै रिहा गरिएको थियो ।
भुसाललाई शुक्रबार अदालतमा पेश गरिने जनाइएको छ ।
सम्बन्धित
















अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ
प्रत्यक्षतर्फ ११ जिल्लाको मतपत्र छपाइ सकियाे
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
प्रतिक्रिया