अबको १५-२० दिनभित्र संसद् खुल्छ : प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश काम रोक्नका लागि नभइ गर्नका लागि ल्याएको स्पष्ट पारेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को २५औं स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सरकारले जारी गरेको अध्यादेश अबको १५/२० दिनमा संसद्मा पेश भएर दुई महिनाभित्र कानुनको रुप पनि लिइसक्ने बताए ।
‘अहिले हामीले भर्खर कानुन अध्यादेशमार्फत ल्याएका छौँ, कतिपयले त्यसको बिरोध गर्न खोजिरहेका छन्,’ उनले भने, ‘अध्यादेशले शासन खोज्यो भने। १५/२० दिनभित्र संसद् आइसक्छ। संसद् आएको पहिलो दिन त्यहाँ पेस गर्छौं। त्यहाँ छलफल गर्छौं। अगाडि बढाउँछौँ। दुई महिनाभित्र त्यसको टुंगो लागिसक्नुपर्छ। तर दुई महिनासम्म काम रोकेर बस्न मिल्दैन। एउटा देशको दुई महिना भनेको महत्वपूर्ण छ।’
प्रधानमन्त्री ओलीले एउटा देशका लागि दुई महिनाको समय धेरै नै महत्त्वपूर्ण रहेको बताउँदै विकासको काम अघि बढाउने र जनताको सेवा गर्ने व्यवसायमैत्री सकारात्मक कानुनहरूको निर्माण अहिलेको अवश्यकता रहेको बताए ।
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
प्रतिक्रिया