इप्पानको रजत जयन्तीमा ऊर्जा विकास केन्द्रित फोटो प्रदर्शनी

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)को रजत जयन्तीको अवसरमा ऊर्जा विकासमा केन्द्रित फोटो प्रदर्शनी भव्य रूपमा सम्पन्न भएको छ। इप्पान र फोटो पत्रकारहरूको संस्था (पीजे क्लब)को सहकार्यमा आयोजित फोटो प्रतियोगिताबाट छानिएका ५० उत्कृष्ट तस्बिर प्रदर्शनीमा समावेश गरिएका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदर्शनीको अवलोकन गर्दै प्रतियोगिता विजेताको घोषणा गरे। ऊर्जा मन्त्री दीपक खड्का र नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले पनि प्रदर्शनी अवलोकन गरेका थिए।प्रतियोगितामा सुरविन्द्रकुमार पुनले खिचेको तस्बिरले प्रथम स्थान प्राप्त गर्यो। किरण पाण्डेले दोस्रो स्थान हात पारे भने अनिता कार्की तेस्रो स्थानमा रहिन्।
विजेताहरुलाई क्रमशः ३०, २० र १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ।प्रदर्शनीलाई व्यवस्थित रूपमा दुई खण्डमा विभाजन गरिएको पीजे क्लबका अध्यक्ष द्वारिका काफ्लेले जानकारी दिए। पहिलो खण्डमा स्वतन्त्र व्यक्ति तथा कम्पनीहरूले पठाएका तस्बिरलाई इप्पान र पीजे क्लबका प्रतिनिधि सहितको स्वतन्त्र निर्णायक मण्डलले छनोट गरेर राखिएको थियो।

दोस्रो खण्डमा इप्पानसँग आबद्ध सदस्य कम्पनीहरूले प्रवर्द्धन गरेका आयोजना तथा परियोजनाका तस्बिर समेटिएका थिए।ऊर्जा विकासलाई कलात्मक दृष्टिकोणले प्रस्तुत गर्न यो प्रदर्शनीले महत्वपूर्ण भूमिका खेलेको छ। इप्पानका सदस्य कम्पनीहरूको योगदान र स्वतन्त्र फोटोग्राफरहरूको सृजनशीलतालाई एकै थलोमा समेटेर ऊर्जा विकासका विविध आयाम उजागर गरिएको थियो।

इप्पानले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै ऊर्जा क्षेत्रको विकास र प्रवर्द्धनमा योगदान पुर्याउने प्रतिबद्धता जनाएको छ।
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया