गाजाको युद्ध विरामलाई नेपालको स्वागत, विपिन जोशी छुट्ने आशा व्यक्त

काठमाडौं । सरकारले गाजामा भएको बन्दीहरुलाई मुक्त गर्ने सहमति र युद्ध विरामलाई स्वागत गरेको छ ।
परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै नेपालले ७ अक्टोबर २०२३ देखि मध्यपूर्वमा जारी घटनालाई नजिकबाट नियालेको बताउँदै हालै भएको युद्धविरामलाई स्वागत गरेको उल्लेख गरेको छ ।
परराष्ट्रमन्त्री डा. आरजू राणाले साझा गरेको मन्त्रालयको विज्ञप्तिमा उक्त युद्ध विरामले सम्बन्धित पक्षलाई दिर्घकालीन शान्ति र स्थिरता तर्फ मार्गदर्शन गर्ने विश्वास व्यक्त गरेको उल्लेख छ ।
विज्ञप्तिमा बन्दी बनाइएका नेपाली नागरिक विपिन जोशीसहितका बन्धकहरुको रिहाइको अपील गर्दै आएको पनि उल्लेख छ ।
सम्झौताका लागि सघाउने सबै पक्षलाई नेपालले कृतज्ञता व्यक्तसमेत गरेको छ ।
‘नेपाल सरकारले शान्तिका लागि भएका सबै प्रयासहरूको स्वागत गर्दछ र यस प्रकारका प्रयासहरूलाई समर्थन गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया