गाजाको युद्ध विरामलाई नेपालको स्वागत, विपिन जोशी छुट्ने आशा व्यक्त

काठमाडौं । सरकारले गाजामा भएको बन्दीहरुलाई मुक्त गर्ने सहमति र युद्ध विरामलाई स्वागत गरेको छ ।
परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै नेपालले ७ अक्टोबर २०२३ देखि मध्यपूर्वमा जारी घटनालाई नजिकबाट नियालेको बताउँदै हालै भएको युद्धविरामलाई स्वागत गरेको उल्लेख गरेको छ ।
परराष्ट्रमन्त्री डा. आरजू राणाले साझा गरेको मन्त्रालयको विज्ञप्तिमा उक्त युद्ध विरामले सम्बन्धित पक्षलाई दिर्घकालीन शान्ति र स्थिरता तर्फ मार्गदर्शन गर्ने विश्वास व्यक्त गरेको उल्लेख छ ।
विज्ञप्तिमा बन्दी बनाइएका नेपाली नागरिक विपिन जोशीसहितका बन्धकहरुको रिहाइको अपील गर्दै आएको पनि उल्लेख छ ।
सम्झौताका लागि सघाउने सबै पक्षलाई नेपालले कृतज्ञता व्यक्तसमेत गरेको छ ।
‘नेपाल सरकारले शान्तिका लागि भएका सबै प्रयासहरूको स्वागत गर्दछ र यस प्रकारका प्रयासहरूलाई समर्थन गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया