मिश्रको नेतृत्वमा धार्मिक-सांस्कृतिक पत्रकार समाज गठन, उपाध्यक्षमा बिनु श्रेष्ठ

काठमाडौं । धार्मिक, सांस्कृतिक पत्रकार समाज नेपाल (रेक्जोन)को स्थापना भएको छ । पूर्णप्रसाद मिश्र (रासस)को अध्यक्षतामा १३ सदस्यीय समिति सहित धार्मिक, सांस्कृतिक पत्रकार समाज स्थापना गरिएको हो ।
समाजको उपाध्यक्षमा बिनु श्रेष्ठ (द राइजिङ नेपाल), महासचिवमा अच्युत अर्याल (रेडियो नेपाल), सचिवमा किशोरप्रसाद ढुंगेल (अलायन्स खबर), कोषाध्यक्षमा सुकृत नेपाल (गोरखापत्र) रहेका छन् ।
त्यस्तै, सदस्यहरूमा दीपक घिमिरे (एक्टप्रो नेपाल), लक्ष्मण डंगोल (रिभोसाइन्स), कुमार राउत (राजधानी दैनिक), अच्युत सुवेदी ( कान्तिपुर एफएम), अस्मिता दाहाल (शक्ति अनलाइन), सुजन तिमल्सिना (दक्षखबर), गोपाल दाहाल (रासस) र जयराम सापकोटा रहेका छन् ।
समाजका अध्यक्ष मिश्रका अनुसार यो संस्था जिल्ला प्रशासन कार्यालय काठमाडौँमा गत सोमवार दर्ता गरिएको हो । समाजले धर्म, संस्कृति, अध्यात्म, इतिहास, पुरातत्त्व, साहित्य, भाषा, चलचित्रलगायतका क्षेत्रका बारेमा समाचार संकलन एवं सम्पादन गर्ने पत्रकारका लागि ज्ञान, क्षमता र सीप अभिवृद्धि गरी धार्मिक, सांस्कृतिक पत्रकारको हक–हितमा काम गर्नेछ ।
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया