सोमबार, चैत २, २०८२

आज माघ ५ गते शनिबार, कस्तो छ तपाईंको राशिफल ?

मेरोन्यूज २०८१ माघ ५ गते ६:३२

काठमाडौं । आज २०८१ साल माघ ५ गते शनिबार माघ कृष्ण पक्षको पञ्चमी तिथि। तदनुसार सन् २०२५ जनवरी १८ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। 

Advertisement
nepal life insurencenepal life insurence

मेष : दिन सामान्य राम्रो छ। साथीको साथ मिल्नेछ। धन सञ्चित हुनेछ। परिवारमा सुख र शान्ति मिल्नेछ। स्वदेशी भन्दा विदेशको व्यापारबाट फाइदा हुनेछ। चिसोबाट लाग्ने रोगबाट सचेत बन्नुपर्नेछ।

वृष : सम्पत्तिको सुरक्षा गर्नुपर्ने दिन छ। राजनीतिमा साथीको साथ मिल्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारलाई उचित सल्लाह दिन नसक्दा खटपटी बढ्नेछ। प्रेम सम्बन्धमा उतारचढाव आउनसक्ने जोखिम छ।

मिथुन : बोल्दा सचेत बन्नुपर्नेछ। सोचेर काम अगाडि बढाएमा दीर्घकालीन योजना बन्नेछ। इज्जतका लागि धन खर्च हुनेछ। मनमा सन्तुष्टि बढ्ने योग छ। शिक्षामा गरेको प्रयासबाट सफलता मिल्नेछ।

कर्कट : साथीले तपाईंको कुरा काटिरहेका छन्। लगानीका क्षेत्रमा ढिलासुस्ती हुनेछ। बिहान उठेर पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ।

सिंह : दिन राम्रो छ। मेहिनेतको फल प्राप्त हुनेछ। बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ। परिवारको सल्लाह लिएर अगाडि बढ्नुपर्ने समय छ। पारिवारिक घुमघामको अवसर मिल्ने योग छ।

कन्या : साना कुराले मन अशान्त बन्नसक्छ। सोचेको भन्दा बढी खर्च हुने भएकाले मन अशान्त बन्नेछ। परिवारबाट लिएको सल्लाह अनुसार अगाडि बढेमा सफलता मिल्नेछ। शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुने भएकाले धैर्यता आवश्यक देखिन्छ।

तुला : मनमा उत्साह बढ्नेछ। आजको कामलाई निरन्तरता दिएमा दीर्घकालीन योजना बन्नेछ। शिक्षाको क्षेत्रमा मेहिनेत गर्नुपर्ने हुन्छ। विपक्षी साथी शान्त भएकाले काम गर्ने अवसर मिल्नेछ। दक्षिणको यात्रा नगर्नु राम्रो हुनेछ।

वृश्चिक : दिन सामान्य छ। दैनिक काममा अवरोध हुनसक्ने जोखिम छ। बिहान उठेर सूर्य र पिपलको दर्शन मात्र गरेमा दिन सहज बन्नेछ। परिवारमा विवाद हुने जोखिम छ। भाग्यको स्थानमा चन्द्रमा पुगेकाले सोचेका काम बन्नेछन्।

धनु : शिक्षाको क्षेत्रमा गरेको लगानी सफल बन्नेछ। विपक्षी ठानेका साथीको साथ र सहयोग प्राप्त हुनेछ। राज्यका अंगमा नोकरी भए बढुवा हुनेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।

मकर : सञ्चित धन खर्च हुनेछ। मन अशान्त बन्ने जोखिम छ। राजनीतिक क्षेत्रमा बहुमत रहेकाले काम सहजै बन्नेछ। शिक्षाको क्षेत्रमा मिहिनेतको खाँचो देखिन्छ। पूर्वको लामो यात्रा एक्लै नगर्नु राम्रो हुनेछ।

कुम्भ : दिन सामान्य छ। मनमा अशान्ति बढ्नेछ। लगानीका क्षेत्रबाट भने फाइदा हुनेछ। व्यापारको लगानीबाट फाइदा हुनेछ। बौद्धिक साथी विपक्षी समूहमा सहभागी भएकाले बोल्दा विवेक प्रयोग गर्नु राम्रो हुनेछ।

मीन : नयाँ ठाउँको यात्रा तय हुनेछ। आफन्तसँगको बोली र व्यवहारमा फरक भएकाले काम गर्दा सचेत हुनुपर्नेछ। शिक्षाको क्षेत्रमा मेहनत गर्नुपर्नेछ। आफ्ना भनिएका साथीले कुरा काट्ने भएकाले गोपनीयता भंग नगर्नु राम्रो हुनेछ।

प्रतिक्रिया