मंगलबार, वैशाख ८, २०८३

लुम्बिनी प्रदेशसभा बैठक बस्दै

मेरोन्यूज २०८१ माघ ६ गते ९:२०

काठमाडौँ । लुम्बिनी प्रदेश सभाको पाँचौँ अधिवेशनको तेस्रो बैठक आज बस्ने भएको छ। बैठक  दिउँसो १ बजे बस्नेछ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

आज बैठकमा पाँचौँ अधिवेशनबाट पारित भई प्रदेश प्रमुखको कार्यालयबाट प्रमाणीकरण भएका विधेयकसम्बन्धी पत्र सभामुखले पढेर सुनाउने कार्यसूची रहेको छ।

त्यसपछि आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी व्यवस्थाका लागि तयार विधेयकमाथि सैद्धान्तिक छलफलको प्रस्ताव प्रस्तुत गर्नेछन्। छलफलका क्रममा उठेका प्रश्नहरूको उत्तर पनि मन्त्री कार्कीले दिने कार्यसूची रहेको सचिवालयले जनाएको छ।

प्रतिक्रिया