सुप्रिम सहकारी ठगी प्रकरण : रविसहित ४२ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं। बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा अदालतमा मुद्दा दायर भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले जिल्ला अदालत रुपन्देहीमा आइतबार मुद्दा दायर गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित यो सहकारी ठगी प्रकरणमा ४२ जना प्रतिवादी पुगेका छन् । उनीहरुविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको हाे ।
लामिछानेविरुद्ध व्यक्तिगत २ करोड र सामूहिक २ करोड गरी चार करोड रुपैयाँभन्दा बिगो मागदाबी गरिएको छ । मुद्दा दर्ता भएसँगै अब उनी रुपन्देही अदालतमा उपस्थित हुनुपर्नेछ ।
लामिछानेविरुद्ध सहकारी ठगी करणमा तेस्रो अदालतमा मुद्दा दर्ता भएको हो । यसअघि उनीविरुद्ध कास्की जिल्ला अदालत र काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । यी दुई अदालतले उनलाई धरौटीमा रिहा गरेका थिए ।
















मतदाता भन्छन्ः उम्मेदवार हेरेर आफ्नो मत दान गर्छौं
१९ अङ्कले घट्यो नेप्से, ९ अर्बको कारोबार
Film journalist Sitaula passes away
प्रतिनिधिसभा निर्वाचनः कञ्चनपुरमा ४८ जना नयाँ उम्मेदवार चुनावी मैदानमा
कांग्रेसमा अब कुनै गुट छैनः प्रदेश सभापति शर्मा
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
प्रतिक्रिया