लागु औषधसहित ५ जना पक्राउ

काठमाडौं। देशभरीबाट लागु औषधसहित पाँच जना पक्राउ परेका छन् ।
जस अनुसार रौतहटस्थित चन्द्रपुर नगरपालिका– ४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्रामसहित सोही ठाउँ बस्ने ३४ वर्षीय प्रचण्ड बहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको जनाइएको छ ।
बर्दिया, बढैयाताल गाउँपालिका–६ मैनापोखर बजारबाट अवैध लागूऔषध चरेशजस्तो देखिने पदार्थ २ किलो ९६ ग्राम सहित जाजरकोट जुनिजाँदे गाउँपालिका–५ मैफ बस्ने १९ वर्षीय कृष्ण थापालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, गोदावरी नगरपालिका–१ बाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ७३ ग्राम ८४० मिलिग्रामसहित सोही ठाउँ बस्ने बैतडी पाटन नगरपालिका–८ घर भएका २९ वर्षीय जग्दिश भट्टलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
साथै, कैलाली, धनगढी उपमहानगरपालिका–१ पार्क मोडबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ १ सय ९० मिलिग्रामसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय अभिषेक बसुवा र गौरीगंगा नगरपालिका–१ बस्ने २२ वर्षीय बिष्णु गुरूङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।















फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
भारतले भन्याे – लिपुलेक विवादमा नेपालसँग वार्ता गर्न तयार छाैं
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति समितिबाट गुणाकर भट्टले दिए राजीनामा
सडक माथिबाट ढुङ्गा खस्दा कारमा आगलागी
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया