बिपी उद्यानमा रहेका व्यापारीको स्थानान्तरणका लागि २ विकल्प

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरी बसेका तरकारी, फलफूल तथा कपडा व्यापारीलाई स्थानान्तरणका लागि दुई वटा विकल्प दिएको छ । महानगरले दोस्रो पटक सार्वजनिक सूचना जारी गरेर उद्यान परिसरमा रहेका अस्थायी घर–टहरा, तरकारी तथा फलफूलको बजार हटाउनका लागि विकल्प प्रस्ताव गरेको हो ।
वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले बिपी उद्यान संरक्षण गर्दै व्यापारीलाई व्यवस्थित गर्न लागिएको बताए । “उद्यान परिसरमा व्यापार तथा व्यवसाय गर्दै आएका फलफूल तथा तरकारी व्यापारीलाई वडा नं १६ नगवास्थित कृषि बजारमा राख्ने व्यवस्था मिलाएका छौँ”, उनले भने, “दोस्रो विकल्पमा वडा नं २ छपकैयाँमा ३२ कठ्ठा क्षेत्रफलमा सेड तयार पार्ने काम भइरहेको छ ।”
कर्णले सेडमा अत्यावश्यक पूर्वाधार निर्माण पू्रा भएपछि बिपी उद्यान खाली गर्ने अभियानले सार्थकता पाउने बताए । “अहिले सेड निर्माणसँगै खाल्डाखुल्डी पुर्ने र विद्युत् जडानलगायतका काम भइरहेको छ, सेडको अत्यावश्यक संरचना तयार हुनेबित्तिकै बिपी उद्यान खाली गराउँछौँ”, उनले भने ।
महानगरले गत पुस २० गते बिपी उद्यानमा रहेका अस्थायी घरटहरा बनाएर बसेका डोमबस्तीको संरचना भत्काएको थियो । यद्यपि अहिले पनि तरकारी, फलफूल तथा कपडा व्यापार भने त्यहीँ व्यापार गरिरहेका छन् । प्रमुख प्रशासकीय अधिकृत कर्णले बिपी उद्यानका अतिक्रमण गरी निर्माण गरिएका सबै पसल हटाउने प्रतिबद्धता व्यक्त गरे ।
महानगरले यसअघि गत मङ्सिर २६ गते १५ दिने सार्वजनिक सूचना जारी गरी बिपी उद्यानमा राखिएका तरकारी तथा फलफूल बजार हटाउनका लागि निर्देशन दिएको थियो । उक्त म्याद गत पुस १० गते सकिएको थियो । तर, सो अवधिमा तरकारी तथा फलफूल व्यापारीले बिपी उद्यानको ठाउँ खाली गर्न अटेरी गरेपछि महानगरले दोस्रो पटक गत पुस १२ गते सात दिने म्याद राखेर सार्वजनिक सूचना जारी गरेको थियो ।
दोस्रो पटक सार्वजनिक सूचना जारी गर्दा पनि खाली नगरेपछि महानगरले गत पुस २० गते डोजर लगाएर बिपी उद्यान परिसरमा अस्थायी घरटहरा बनाएर बसेका डोम समुदायको टहरा भत्काएको थियो । बिपी उद्यान व्यवस्थित गरी पर्यटकीय गन्तव्य बनाउने महानगरको तयारी छ ।













विधानअनुसार अघि बढ्दा पार्टी फुट्दैन : विश्वप्रकाश शर्मा
Around 300,000 foreign tourists visit Annapurna area in 2025
Slight rise in gold and silver price
काभ्रेमा तीन लाख २६ हजार मतदाता, चार सय मतदान केन्द्र
गोरखाको छेकम्पारमा आगलागी हुँदा एकजना घाइते
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
सामाजिक सञ्जालकाे होहल्ला हेर्दा विचारविहीनले देशै कब्जा गरिसके भन्नेजस्तो छ : प्रचण्ड
तेक्वान्दो टोली चीन प्रस्थान
कुखुरा, बाख्रा र स्यालकाे मोर्चाले बाघको सिकार गर्न सक्दैन : ओली
प्रतिक्रिया