मंगलबार, वैशाख ८, २०८३

वर्तमान सरकारको तानाशाह शैली छ : माधव नेपाल

मेरोन्यूज २०८१ माघ ६ गते १८:५९

सर्लाही । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकार तानाशाह शैलीमा अघि बढिरहेको आरोप लगाएका छन्। सर्लाही सदरमुकाम मलंगवामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले उक्त आरोप लगाएका हुन्।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

गैरलोकतान्त्रिक आचरण बोकेको हातमा देश गएकाले उनीहरू तानाशाह शैलीमा अघि बढिरहेको नेपालले बताए। मुलुकको राजनीति सही दिशातर्फ जान नसकेको भन्दै नेता नेपालले सरकार असफल दिशामा गइरहेको दाबी गरे।

दुई ठूला पार्टी मिलेर संविधान संशोधनका नाममा सरकार बनाएर जनतालाई मूर्ख बनाउन काम भएको उनको भनाइ छ। जनताले सुरक्षा र रोजगारी चाहेकोमा त्यो पूरा हुन नसकेको उनको टिप्पणी छ।

विचाराधिन रहेका विधेयक पूरा नगरी अध्यादेश ल्याउनु गलत रहेको नेपाले बताए। 

प्रतिक्रिया