संविधान संशोधन साना दल समाप्त पार्न होइन : उपसभापति गुरुङ

स्याङ्जा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले संविधान संशोधन साना दल समाप्त पार्न नभएको प्रष्ट पारेका छन्।
नेपाली कांग्रेसको सय दिने विशेष अभियानको आइतबार गल्याङमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका सांसद गुरुङले कांग्रेस र एमालेबीच भएको संविधान संशोधनसहितको सातबुँदे सहमति साना दलाललाई समाप्त पार्न नभई देशको आर्थिक उन्नतिको लागि भएको बताए। सभालाई सम्बोधन गर्दै उनले भने, ‘अहिलेको सत्ता गठबन्धन संविधान संशोधन लागि हो । कुनै दलाललाई पाखा लगाउन होइन।’
२०८४ साल भित्र संविधान संशोधन हुने बताउँदै उनले कानुनको अभावमा देशको अर्थतन्त्र धराशायी बनेको भन्दै संविधान संशोधन अति आवश्यक रहेको दोहोर्याए। कांग्रेस र एमालेले लिएको यो जिम्मेवारी अरुले लिन नसक्ने भन्दै कांग्रेस र एमालेबाट जिम्मेवारी गयो भने देश दुर्घटनामा फस्नेतर्फ संकेत गर्दै पूर्वमन्त्री गुरुङले कुनै पनि हालतमा सरकार नढल्ने जिकिर गरे।
गुरुङले कानुनको अभावमा देश पछाडि परेको भन्दै अब सबै मिलेर आर्थिक अभियानमा जुट्न संविधान संशोधन गर्नुपर्नेमा जोड दिए।











हामीसँग बयान लिन खोज्नु गैरकानुनी : ओली
निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री
बालेनसँग ‘वान टू वान’ वार्ता सकेर निस्किए रवि
रवि र बालेन भित्र छलफलमा, सुधन गुरुङले बाहिरबाट लगाइदिए ताला
त्रिविका १६ हजार विद्यार्थी दीक्षित
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया