प्रधानमन्त्री कप : डेब्यू खेलमा आर्मीको शानदार जित
मेरोन्यूज
२०८१ माघ ६ गते २१:५१

बैतडी । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले डेब्यू खेलमा शानदार जित निकालेको छ।
पहिलो पटक प्रतियोगितामा सहभागी भएको आर्मीले मधेश प्रदेशलाई १० विकेटले हराउँदै सुखद सुरूवात गर्यो।
मधेशले दिएको २६ रनको झिनो लक्ष्य आर्मीले २ ओभर ५ बलमा कुनै विकेट नगुमाई पूरा गर्यो। आर्मीका लागि सम्झना खड्काले अविजित २२ र अञ्जली विश्वकर्माले अविजित ४ रन बनाए।
यसअघि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको मधेश १५ ओभर २ बलमा २५ रन बनाएर अलआउट भएको थियो।
मधेशका लागि भूमि सिंहले सर्वाधिक १० रन बनाइन्। मधेशका सातजना खेलाडी डकआउट भए।
आर्मीका लागि आश्मा पुलामी मगरले ३ विकेट, मनिषा चौधरी र लक्ष्मी साउदले २/२ विकेट तथा सीता शाही र ईश्वरी विष्टले १/१ विकेट लिए। आश्मा प्लेयर अफ द म्याचसमेत भइन्।
सम्बन्धित
















प्रत्यक्षतर्फ ११ जिल्लाको मतपत्र छपाइ सकियाे
सामाजिक न्यायको हक लागू गर्न सर्वोच्चको आदेश
बज्र ग्रुपद्वारा नयाँ एलभीनेङ इलेक्ट्रिक स्कुटर मोडल सार्वजनिक
एनआईसी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक
एक महिनामा भित्रिए ९२ हजार पर्यटक
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया