मंगलबार, चैत ३, २०८२

प्रधानमन्त्री कप : डेब्यू खेलमा आर्मीको शानदार जित

मेरोन्यूज २०८१ माघ ६ गते २१:५१

बैतडी । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले डेब्यू खेलमा शानदार जित निकालेको छ। 

Advertisement
nepal life insurencenepal life insurence

पहिलो पटक प्रतियोगितामा सहभागी भएको आर्मीले मधेश प्रदेशलाई १० विकेटले हराउँदै सुखद सुरूवात गर्‍यो।

मधेशले दिएको २६ रनको झिनो लक्ष्य आर्मीले २ ओभर ५ बलमा कुनै विकेट नगुमाई पूरा गर्‍यो। आर्मीका लागि सम्झना खड्काले अविजित २२ र अञ्जली विश्वकर्माले अविजित ४ रन बनाए।

यसअघि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको मधेश १५ ओभर २ बलमा २५ रन बनाएर अलआउट भएको थियो।

मधेशका लागि भूमि सिंहले सर्वाधिक १० रन बनाइन्। मधेशका सातजना खेलाडी डकआउट भए।

आर्मीका लागि आश्मा पुलामी मगरले ३ विकेट, मनिषा चौधरी र लक्ष्मी साउदले २/२ विकेट तथा सीता शाही र ईश्वरी विष्टले १/१ विकेट लिए। आश्मा प्लेयर अफ द म्याचसमेत भइन्।

प्रतिक्रिया