अमेरिकाकाे नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज पद तथा गोपनियताको सपथ लिँदै

वासिंगटन डिसी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज पद तथा गोपनियताको सपथ लिदैँछन्।
तर, वासिंगटन डिसी कडा चिसोको कारण सोमबार क्यापिटल रोटुण्डाको बन्द ठाउँमा सपथ ग्रहण गर्ने भएका हुन्।
सन् १९८५ पछि पहिलो पटक अमेरिकी राष्ट्रपतिको सपथ ग्रहण समारोह घरभित्रै हुन लागेको हो । वासिङ्टनको तापक्रम सोमबार (जनवरी २०) मा माइनस १० डिग्री सेल्सियस पुग्ने अनुमान गरिएकाले सपथ बन्द कोठामा लिन लागिएको हो ।
साथै, १५० वर्षमा पहिलो पटक अमेरिकी राष्ट्रपतिको सपथ ग्रहण समारोहमा विदेशी नेता सहभागी हुने भएका छन् । डोनाल्ड ट्रम्पले चिसो मौसमका कारण क्यापिटल रोटुण्डामा सपथ ग्रहण समारोह आयोजना गर्न आदेश दिएको पुष्टि गरेका छन् ।
जानकारीका अनुसार राष्ट्रपतिको सम्बोधनका साथै अन्य भाषण अब भवन बाहिर नभई युएस क्यापिटलको रोटुण्डा भित्र हुनेछ । उद्घाटन परेड पनि लगभग १.६ किलोमिटर टाढा वाशिंगटनको क्यापिटल वन एरेनामा हुनेछ। पछिल्लो पटक सपथ ग्रहण समारोह पूर्व रिपब्लिकन राष्ट्रपति रोनाल्ड रेगनको दोस्रो कार्यकालको लागि घर भित्र नै आयोजित गरिएको थियो।
उनले यस ऐतिहासिक कार्यक्रमलाई प्रत्यक्ष हेर्न र राष्ट्रपतिको परेड आयोजना गर्न सोमबार क्यापिटल वन एरिना खोल्ने बताए । ‘म मेरो शपथ ग्रहण पछि क्यापिटल वनमा भीडमा सामेल हुनेछु,’ उनले भनेका छन ।
ट्रम्पले आफ्नो पोस्टमा भनेका छन् कि क्यापिटल वन एरिनामा दिउँसो ३ बजेको लागि निर्धारित विजय र्यालीसहित अन्य सबै कार्यक्रमहरू उस्तै रहने छन्।













पल्टेको ग्यास बुलेट हटाउन नसक्दा १३ घण्टादेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
पुतिनको निवासमाथि ड्रोन आक्रमण बनावटी दाबी मात्र : युक्रेन
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
रवि भन्छन् – सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्छ
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
रवि–बालेनबिच ७ बुँदे सम्झौता : दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने
प्रतिक्रिया