रौतहटमा फरार ११ जना प्रतिवादी पक्राउ

रौतहट । भन्सार छलीको सामान सँगै ११ जना फरार प्रतिवादी लाई जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले पक्राउ गरेको छ।
जिल्ला अदालतबाट दोषी ठहर भएर दण्ड सजाय समेत तोकिएर लामो समय देखि फरार रहेका ११ जना प्रतिवादीलाई जिल्लाको बिभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो।
त्यस्तै भन्सार छलेर ल्याएको बिभिन्न सामान प्रहरीले बरामद गरेको हो।
पक्राउ पर्नेमा किर्ते मुद्दाका जमिला शेखिन, जमील अख्तर, शेख अजीज मियाँ दर्जी, ओली महमद, शेख हफिज रहेका छन्।
त्यस्तै कुटपिट मुद्दाका महेन्द्र महरा चमार, पुनकलिया देवी, मनिता कुमारी, निलम देवी, उषा देवी राम र वहुविवाह मुद्दाका आरोपी शेख नेपाली रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर रामकुमार महतो द्वारा सूचनामा उल्लेख गरिएको छ।
पक्राउ परेका सबै ११ जना लाई फैसला कार्वान्यनको लागि सोमवार जिल्ला अदालत गौरमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।
उता जिल्ला सदरमुकाम गौर स्थित बसपार्कमा प्रहरीले बिभिन्न सवारी चेकजाँचको क्रममा १ लाख ४ हजार बराबरको भन्सार छलीको सामान बरामद गरेको छ। भारतीय बजारबाट अबैध रुपमा भित्र्याएको उक्त मूल्य बराबरको कपडा, कस्मेटिक लगायत किराना सामान बरामद गरी आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ।










जेनजी सुशासन योद्धा : भट्ट परिवारको सहारा, कान्छो ढल्यो…
एमाले महाधिवेशन : दुई जनाकाे उम्मेदवारी खारेज र १५ ले लिए फिर्ता
इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ
दोहोरो अंकले बढ्यो सेयर बजार
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एनपीएल च्याम्पियन लुम्बिनी लायन्सलाई प्रधानमन्त्रीकाे बधाई
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपिएलः रोहित बने ह्याट्रिक गर्ने दोस्रो बलर
प्रतिक्रिया