सर्बियाली अवकाश गृहमा आगलागी, ८ जनाको मृत्यु

सर्बियाको राजधानी बेलग्रेडको बाहिरी इलाकामा रहेको एक अवकाश गृहमा सोमबार बिहान आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
आपतकालीन प्रतिकार्यको रेखदेख गरिरहेका प्रहरी अधिकारी लुका कौसिकले स्थानीय समयअनुसार बिहान ३ः३० बजे आगलागी हुँदा त्यहाँ करिब ३० जना रहेको जानकारी दिए ।
“दुर्भाग्यवश, आगलागीमा परी आठ जनाले ज्यान गुमाएका छन् । अग्नि नियन्त्रक अधिकारीहरूले आगलागी को खबर प्राप्त हुँदासाथ घटनास्थलमा पुगी १३ जनालाई सुरक्षित उद्धार गरेका छन्,” श्रम मन्त्री नेमान्जा स्टारोभिकले स्थानीय सञ्चारमाध्यमसँग भने ।
यसअघि उद्धार अधिकारीहरूले कम्तीमा छ जनाको मृत्यु भएको बताएका थिए ।
स्टारोभिचले भने, “घटनाको अनुसन्धान सुरु गरिएको छ । यस घडीमा म मृतकका परिवारप्रति गहिरो समवेदना प्रकट गर्छु।”
“अभियोजकको कार्यालयले बिहानै थप आधिकारिक जानकारी प्रदान गर्नेछ,” उनले भने ।
घाइतेहरुको बेलग्रेड मिलिटरी अस्पतालमा उपचार भइरहेको छ ।
काउसिकका अनुसार आगलागी बाटोको सुविधा भएको इलाकामा भएकोले अग्निनियन्त्रकहरूले आगो निभाइसकेका छन् । एका थिए जसले तुरुन्तै काम गरेका थिए, यद्यपि सुविधा दुर्गम क्षेत्रमा अवस्थित थियो।













६४ दलले बुझाए समानुपातिकको बन्द सूची
बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
कञ्चनपुरमा सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ब्ल्याक स्पोट’ बोर्ड
शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया