पश्चिमी वायुको प्रभाव कायमै, कस्तो रहला आजको मौसम?

काठमाडौं, ८ माघ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्युन चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराइका केही भू-भागहरुमा हुस्सु लागेको अवस्था छ ।
दिउँसो गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखी साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती भने गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक देखी साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । साथै बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।















स्पेनमा २ रेल ठोक्किँदा कम्तीमा २१ जनाको मृत्यु
PM Karki extends best wishes on Sonam Lhosar
मोटरसाइकल दुर्घटनाका घाइतेको उपचारका क्रममा मृत्यु
Former Minister Upreti passes away
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
पूर्णबहादुरकाे चेतावनी – आयोगले गगन समूहलाई मान्यता दिए देशभर आन्दोलन गर्छाैं
निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय खारेज गर्छौं : पूर्णबहादुर खड्का
प्रतिक्रिया