श्रृजनशील लघुवित्तको माघ २७ गते वार्षिक साधारण सभा

काठमाडौं । श्रीजनशील लघुवित्तको माघ २७ गते वार्षिक साधारण सभा बस्ने भएको छ । यस लघुवित्तले सभामा लाभांश वितरण सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । यसर्थ, यसपटक कम्पनीका सेयरधनीको हात खाली हुनेछ ।
सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।
साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न तथा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।
सभा प्रयोजनको लागि कम्पनीले माघ १८ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, माघ १७ गतेसम्म कायम रहने सेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन पाउनेछन् । सभा, होटल पावन मिथिला थाली प्रा।लि, गोलबजार ६ मा बिहान ९ बजे सुरु हुनेछ ।















ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध
पारिजात सम्मान २०८२ बाट सम्मानित हुनेहरूको नाम घोषणा
प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर
‘युएईमा अमेरिकी लुक्ने ठाउँहरूमा आक्रमण सुरु भयाे ‘- इरान
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
बिहीबारदेखि मौसमी गतिविधि बढ्ने
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
प्रतिक्रिया