सोमबार, जेठ ५, २०८२

उजुरीमाथि छानबिन गर्न लेखा समितिले बनायो उपसमिति

मेरोन्यूज २०८१ माघ ८ गते १५:३२

काठमाडौं। सार्वजनिक लेखा समितिले उजुरीबारे अध्ययन गर्नका लागि उप समिति गठन गरेको छ ।

कांग्रेसका सांसद सञ्जय गौतमको संयोजकत्वमा ७ सदस्सीय उपसमिति गठन गरेको हो । 

मंगलवार सभापति ऋषीकेश पोखरेलले सार्बजनिक गरेको १०० उजुरीका बारेमा छानबिन गर्नका लागि ७ दिनको समय दिएर सो उप समिति गठनको घोषा गरेका हुन् । 

गौतमको संयोजकत्वमा समितिमा सांसदहरू गोकुल बास्कोटा, लेखनाथ दाहाल, हरि ढकाल, मञ्जु खाण, प्रेम आले र अमरेशकुमार सिंह सदस्य रहेको जानकारी दिएको छ ।
 

प्रतिक्रिया