रोनाल्डोको छोराले हाने २ गोल, पिता रोनाल्डो झै गरे सेलिब्रेसन

काठमाडौं। पोर्चुगलको यू–१५ टिमबाट खेलिरहेका क्रिस्टियानो रोनाल्डो जुनियरले २ गोल गरेका छन् ।
इन्टरनेशनल भ्लाटको मार्कोभिक प्रतियोगिताको फाइनलमा क्रोसियाविरुद्ध पोर्चुगलको ३–२ को जितमा रोनाल्डो जुनियरले २ गोल गरेका हुन ।
रोनाल्डो जुनियरले गोल पछि आफ्ना पिता रोनाल्डोकै शैलीमा गरेको गोल ‘सु…’ सेलिब्रेसन गरे पछि अहिले विश्व फुटबलमा उनी थप चर्चित बनेका छन् । उनलाई रोनाल्डोकै शैलीमा खेलेको भन्दै प्रशंसासमेत गरिएको छ।
१३ बर्षिय रोनाल्डो जुनियरले पहिलो पटक राष्ट्रिय टिममा समावेश भएर खेल खेलेका हुन भने उनले पहिलो गोल समेत गरेका छन् ।
रोनाल्डो जुनियरले पोर्चुगलको राष्ट्रिय टिममा स्थान बनाए पछि युरोपका ठुला क्लबहरुले आफ्ना स्काउटलाई उनको खेल हेर्न पठाएको समेत मिडिया रिपोर्टमा उल्लेख छ । सम्भावित फुटबल स्टारको रुपमा रोनाल्डो जुनियरलाई आफ्नो क्लबमा भित्र्याउन क्लबहरुले पहल शुरु गर्न लागेको बताइएको छ ।
रोनाल्डो जुनियर हाल आफ्नै पिताको क्लब अल नासरका एकेडेमी खेलाडी हुन् ।


















गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
भारतमा मिनी बस दुर्घटना हुदाँ दश जनाको मृत्यु
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
इरानमा पक्राउ परेका अमृत झा रिहा
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया