‘हेल्प डेस्कमा प्रजिअ’ कार्यक्रम प्रभावकारी बन्दै

घोराही (दाङ)। दाङमा ‘हेल्प डेस्कमा प्रजिअ’ कार्यक्रम सञ्चालन भएको छ । जिल्ला प्रशासन कार्यालयमा यो कार्यक्रम हरेक दिन १२ देखि १२ः३० बजे सञ्चालन हुन्छ । यसबाट सेवाग्राहीले आफ्ना समस्या खुलेर राख्न पाएका छन् ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले यो कार्यको थालनी गरेका हुन् । गत असोज ५ गतेदेखि सुरु भएको हेल्प डेस्क प्रभावकारी रहेको उनले बताए । अघिपछि पनि जनताका गुनासा सुन्ने र नागरिकलाई सहजिकरण गर्ने काम हुँदै डेस्क सञ्चालन गरेपछि बढी सेवाग्राही आउने र गुनासा राख्ने गरेका प्रजिअ लम्साल बताउँछन् ।
“हरेक दिन हेल्प डेस्कमा बस्छु”, उनले भने । गुनासा सम्बोधन गर्न आफैँ अग्रसर भइ सेवाग्राहीका समस्या समाधान गर्ने गरेको प्रजिअ लम्सालले बताए । अन्य कार्यालयको सहयोग लिएर सहजिकरण गर्ने काम समेत गर्दै आएको उनको भनाइ छ । प्रजिअ आफैँ हेल्प डेस्कमा उपस्थित हुँदा नागरिकले पनि सहज रुपमा आफ्नो कुरा राख्न पाएका छन् ।
लमही नगरपालिका–१ की सुमित्रादेवी जैशी हेल्प डेस्कमा प्रजिअलाई भेटेर आफ्नो समस्या राख्न पाएकामा खुशी लागेको बताउँछन् । छयहत्तर वर्षीया जैशी घर परिवारबाट अपहेलित भएर आफ्नो समस्या सुनाउन गएको थियो ।
“छोराको तीन वर्ष अघि मृत्यु भयो, अहिले बुहारीको साहारबाट पनि वञ्चित भएँ, अहिले एक्लै बस्दै आएकी छु”, हेल्प डेस्कमा उनले समस्या प्रजिअलाई सुनाउँदै थिए ।
जैशी जस्तै घोराही उपमहानगरपालिका–१९ बोल्दीका रुपलाल खड्का पनि नागरिकता पाउनबाट वञ्चित भएको कुरा हेल्प डेस्कमा राख्दै थिए । आफनो समस्या समाधान हुनेमा उनी आशावादी थिए ।
जिल्ला प्रशासन कार्यालयको हेल्प डेस्कमा भेटिएका घोराही उपमहानगरपालिका–१९ का वडाध्यक्ष ज्ञानबहादुर रायमाझीले स्थानीय नागरिकको समस्या लिएर आएको बताए । हेल्प डेस्कमा प्रजिअसँग प्रत्यक्ष रुपमा आफ्ना समस्या सेवाग्राहीले राख्ने वातावरण बनेकामा नागरिकलाई सहज भएको उनको भनाइ थियो । यसबाट भविष्यमा सेवा प्रवाह गर्न सहज हुने उनको भनाइ थियो ।
















नेकपाको केन्द्रीय संयोजन समिति बैठक बस्दै, नेताहरूको कार्यविभाजन गरिने
लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क
आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन, अन्य प्रदेशमा बादल लाग्ने
राष्ट्रपति पुटिन भेट्न इरानी विदेशमन्त्री रुसमा
आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया