आइतबार, वैशाख १३, २०८३

‘ममी’को डरलाग्दो ट्रेलर रिलिज

मेरोन्यूज २०८१ माघ ८ गते १९:३७

काठमाडौं । आगामी माघ २५ गतेबाट प्रदर्शनमा आउने हरर फ्यामिली ड्रामा सिनेमा ‘ममी’को ट्रेलर रिलिज गरिएको छ। सिनेमाका मुख्य कलाकार प्रिंयका कार्की सुलक्षण भारतीको संवादसँगै निम्तने विभिन्न घट्ना, भूतिया आकृतिहरूसँगको भेट र अलौकिक पात्रहरूलाई डरलाग्दो तरिकाले १ मिनेट ५७ सेकेण्ड लामो ट्रेलरमा समेटिएको छ।

Advertisement
NiccNicc

सिनेमाको मंलगबार सार्वजनिक ट्रेलरले सिनेमाको कथावस्तुको बारेमा प्रकास पार्छ। कालो विरालोलाई विशेष स्थान दिइएको सिनेमाको यो ट्रेलरले दर्शकमाझ कौतुहल्ता पैदा गर्ने देखिन्छ। सिनेमामा प्रिंयका र सुलक्षणसँगै दीया मास्के, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गुराँस ढकाल, गीत विष्टलगायतका कलाकारहरूको अभिनय रहेको छ।

सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको सिनेमामा समर निरौला र पूर्णिमा जोशीको लेखन तथा समर निरौलाको  निर्देशन रहेको छ। समर डेब्यू निर्देशक हुन्। सिनेमाको निर्माता लोक राज जोशी तथा पूर्णिमा जोशी हुन भने कार्यकारी निर्मातामा सुमन कोइराला रहेका छन्।

सिनेमाको छायांकन निशाल पौडेल र शरद महतोले संयूक्त रुपमा गरेका हुन् भने सम्पादन सुरेन महर्जनको रहेको छ। यसैगरी पाश्र्व ध्वनीमा रोहित शाक्य, साउन्ड डिजाईनमा श्रवल आरपि, सम्पादनमा सुरेन्द्र महर्जन, एनवी महर्जनको द्धन्द्व निर्देशन, रंग संमयोजनमा दिपेश चौधरी तथा संगीतकारमा एसडी योगी रहेका छन्।

सिनेमालाई काठमाडौं उपत्यकामा काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन्।

प्रतिक्रिया