शुक्रबार, वैशाख ११, २०८३

पूर्व राज्यमन्त्री रामजीप्रसाद शर्माको निधन

मेरोन्यूज २०८१ माघ ८ गते २०:१९

काठमाडौं । पूर्वराज्यमन्त्री तथा संविधान सभा सदस्य रामजीप्रसाद शर्माको निधन भएको छ । ६८ वर्षको उमेरमा शर्माको भारतमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

Advertisement
NiccNicc

स्रोतका अनुसार मिर्गौलामा समस्या भएपछि पूर्वमन्त्री शर्मा उपचारका लागि भारत गएका थिए ।

शर्मा बागलुङका पुराना वामपन्थी नेताका रुपमा परिचित उनले लामो समय एमालेको राजनीति गरेका थिए ।

उनी संविधानसभामा बागलुङ क्षेत्र नं। १ बाट निर्वाचित भएका थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेका थिए । शर्मा २०५६ को निर्वाचनमा पनि त्यही क्षेत्रबाट उम्मेदवार थिए । उनी एमाले केन्द्रीय सदस्य तथा धौलागिरी अञ्चल सह(इन्चार्जसमेत भएका थिए ।

उनले १० वर्षसम्म एमाले जिल्ला कमिटी पार्टी सचिवको जिम्मेवारी पूरा गरेका थिए। उनी २०४९ सालमा गाविस अध्यक्ष निर्वाचित भएका थिए।

२०३६ सालदेखि राजनीतिमा सक्रिय उनी धेरै सयम भूमिगत रूपमा राजनीतिमा थिए । शर्माले २०३९ र २०४२ सालमा जेलजीवन बिताए ।

एमाले बागलुङका संस्थापक नेता तथा पूर्वऊर्जा राज्यमन्त्री शर्माले २०७८ मा नेकपा एमाले परित्याग गरेका थिए । शर्मा एमाले विधि र विधानमा नरहेको भन्दै पार्टी त्यागको घोषणा गरेर नेकपा ९एकीकृत समाजवादी०मा संगठित भएका थिए।

प्रतिक्रिया