अनाधिकृत फिजियोथेरापी सेवा रोक्न नेपाल फिजियोथेरापी संघको आग्रह

काठमाडौँ । नेपाल फिजियोथेरापी संघ (नेप्टा)ले अनधिकृत फिजियोथेरापी सेवा रोक्न आग्रह गरेको छ । संघका अध्यक्ष समिद कतिला श्रेष्ठले बिरामीको उपचार जस्तो संवेदनशील विषयमा हेलचेक्र्यायी दण्डनीय मात्र नभई यसले बिरामीको स्वास्थ्यमा प्रतिकूल असर पार्ने बताएका छन् ।
आज एक प्रेस विज्ञप्ति जारी गर्दै संघले घरमै स्वास्थ्यकर्मी पठाउने कम्पनी र केही स्वास्थ्य केन्द्रले फिजियोथेरापी सेवा प्रदान गर्ने क्रममा अनाधिकृत व्यक्तिबाट सेवा दिइरहेको सूचना संघलाई प्राप्त भएको जनाएको छ । संघका अनुसार अनधिकृत फिजियोथेरापी सेवाका गतिविधि नेपालका विभिन्न स्थानमा भइरहेको विषयमा धेरै उजुरीहरू प्राप्त भएका छन् ।
संघले यस्ता गैरकानुनी गतिविधिलाई रोक्न आवश्यक सबै कदम चाल्ने र सम्बन्धित निकायलाई रिपोर्ट गर्ने प्रक्रिया अघि बढाइसकेको अध्यक्ष श्रेष्ठले जानकारी गराए । संघले यस्ता गतिविधिको जानकारी भएमा नगरपालिका वा स्थानीय निकायको स्वास्थ्य शाखामा, नेपाल स्वास्थ्य व्यवसाय परिषद्, वा जिल्ला प्रशासन कार्यालयमा तुरुन्तै जानकारी गराउन आग्रहसमेत गरेको छ ।
















मतदाता भन्छन्ः उम्मेदवार हेरेर आफ्नो मत दान गर्छौं
१९ अङ्कले घट्यो नेप्से, ९ अर्बको कारोबार
Film journalist Sitaula passes away
प्रतिनिधिसभा निर्वाचनः कञ्चनपुरमा ४८ जना नयाँ उम्मेदवार चुनावी मैदानमा
कांग्रेसमा अब कुनै गुट छैनः प्रदेश सभापति शर्मा
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
प्रतिक्रिया