एमसीसीबारे देउवा- राम्रो रहेछ, सबैले देखे हुन्छ
मेरोन्यूज
२०८१ माघ ९ गते १७:२१

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसीको विरोध गर्नेहरूलाई समेत स्वीकार गरेपछि राम्रो रहेछ भन्ने थाहा भएको बताएका छन् ।
नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक संवादमा बोल्दै उनले एमसीसी राम्रो देखेर नै आफूहरुले सम्झौता गरेको बताए।
‘एमसीसी हामीले सम्झौता गर्यौं। संसदबाट पास गर्नपनि धेरै गाह्रो भयो। अहिले सबैलाई थाहा भयो साँच्चिकै राम्रो रहेछ भनेर, नेपाललाई फाइदा नै गरेको छ। अनुदानमा पाएको हो। राम्रो गरेको छ सबैले देखे हुन्छ’ उनले भने ।
सम्बन्धित
प्रतिक्रिया