अमेरिकाको लसएन्जलसमा फेरि फैलिन थाल्याे डढेलो

काठमाडौं । अमेरिकाको लसएन्जलस क्षेत्रमा डढेलोले फेरि पनि फैलिन थालेकाे छ ।
कास्टिक तलाउ नजिकको पहाडी क्षेत्रमा अहिले आगो लागेको हाे। यस क्षेत्रमा बिभिन्न धनीहरुको बस्ती र स्कुलहरु रहेका छन् ।
आगोको जोखिम क्षेत्रमा रहेका हजारौं व्यक्तिहरुलाई फेरि पनि सुरक्षित स्थानमा सारिएको छ ।
यो डढेलोले ८ हजार एकड भन्दा धेरै क्षेत्र जलाइसकेको छ । तीव्र हावा र सुख्खा झाडीका कारण डढेलो फैलिरहेकाे छ ।
अहिले लागेकाे डढेलोले यतिबेलासम्म कुनै पनि घर वा संरचनामा क्षति नपुगेकाे, तर १९ हजार व्यक्तिले आफ्नो घर छाडेर भाग्नुपरेकाे अवस्था छ ।
अमेरिकाको क्यालिफोर्निया राज्यमा पर्ने लसएन्जलस क्षेत्रको आगो निभाउन टोली परिचालन गरिएको छ ।
यसअघि पनि लसएन्जलस क्षेत्रको प्यासिफिक प्यालिसेड्स क्षेत्रबाट डढेलो फैलिएको थियो । यो डढेलोले लसएन्जलसको शहरी क्षेत्रमा दर्दनाक क्षति पुर्याएकाे थियाे भने, धेरै व्यक्तिहरुले ज्यान समेत गुमाएका थिए।













बुढानीलकण्ठमा मोटरसाइकल दुर्घटनामा घाइते भएका युवकको मृत्यु
युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँः प्रधानमन्त्री कार्की
सानिमा रिलायन्सद्वारा इलामको पहिरो प्रभावित क्षेत्रलाई आर्थिक सहयोग
सडक मर्मतमा ढिलाइ गरे पेनाल्टी तिराउँछाैं : मन्त्री घिसिङ
कर्णालीका तीन जिल्लामा ८६ वटा टेलिकमका टावर विस्तार
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
फेरि संवादमा जुटे बालेन र कुलमान
निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
प्रतिक्रिया