सबैले मेहनत गरे चाँडै नेपाललाई आर्थिक रुपमा गतिशील बनाउन सकिने छ : प्रचण्ड

नेपालगन्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सबैले इमान्दारितापूर्वक मेहनत गरेमा नेपाललाई चाँडै आर्थिक रुपमा गतिशील बनाउन सकिने बताएका छन्।
नेपालगन्ज उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु भएको प्रादेशिक महोत्सव उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन्।
नेपालमा केही पनि भएन, राजनीतिक परिवर्तनले आर्थिक क्षेत्रमा केही रुपान्तरण ल्याएन भन्ने भाष्य सही नभएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले गर्न संभव छ भन्ने सकारात्मक सोचसहित सबै मेहनतका साथ अघि बढ्ने हो भने नेपाललाई राजनीतिक र आर्थिक रुपमा गतिशील बनाउन सकिने बताए।
त्यस्तै आफूले प्रधानमन्त्रीको रुपमा चीन भ्रमण गर्दा एकैसाथ आठवटा नाका सञ्चालन गर्ने सहमति गरेको जानकारी दिदै संयुक्त राष्ट्रसङ्घको महासभा, कोप २८ लगायतका अन्तर्राष्ट्रिय मञ्चमा गरिएका पहलबाट नेपालको आर्थिक कुटनीतिमा दीर्घकालीन महत्त्वका काम थालनी गरिएको बताए।
नेपालगन्ज क्षेत्रको विकासमा आफूले अभिभावकत्व लिदै आएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिले महोत्सव भइरहेको स्थान रहेको दश बिघा जमीन उद्योग वाणिज्यलाई ५० वर्ष लिजमा मन्त्रीपरिषद् बैठकबाट निर्णय गराएको भए पनि अर्को सरकारले खोसेकोमा दुःख व्यक्त गरे।
उनले यस क्षेत्रको आर्थिक विकासमा योगदान पुगोस भनेर नेपालगन्ज–गुलरिया सडक लगायतका विभिन्न परियोजना अघि बढाउन आफूले पहल गरेको उल्लेख गर्दै प्रादेशिक संरचनाले बाँके बर्दियालाई समस्या भएको भन्ने गुनासोप्रति ध्यानाकर्षण भएको बताए।
















अमेरिकी विशेष दूतको भेनेजुएला भ्रमण, द्विपक्षीय वार्ता अघि बढ्ने
नेशनल लाईफ इन्स्योरेन्सको १ दिने तालिम सम्पन्न
महोत्तरी–२ का मतदाताका गुनासा– बर्खामा डुबान र हिउँदमा पानीको हाहाकार
29 dead, 190 injured in six months in Sarlahi
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया