संविधानपछि बन्नुपर्ने कानूनहरु बनाउन ढिलो भयो : महामन्त्री शर्मा
मेरोन्यूज
२०८१ माघ १० गते २०:२१

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधान कार्यान्वयनको लागि बन्नुपर्ने कानूनहरु बन्न नसकेको बताएका छन् ।
बिहीवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महामन्त्री शर्माले संविधानपछि बन्नुपर्ने कानूनहरु बनाउन ढिलाई भइरहेको बताएका हुन् ।
उनले बन्न बाँकी कानूनहरु बनाउन संसदीय समितिहरुले उपसमिति गठन गरेर कानूनी अभ्यास गर्न जरुरी रहेको बताए ।
उनले समितिमा सांसदहरुको उपस्थिति संख्यात्मकभन्दा गुणात्मक बनाउन उपसमितिमार्फत काम गर्न उनले सुझाव दिए ।
उनले संघीय निजामति विधेयकलाई जनमुखी बनाउनुपर्ने धारणा राखे । उनले मुस्कान सहितको सेवा नभई सेवाग्राही मुस्कुराउने गरी सेवा प्रवाह हुने गरी विधेयक ल्याउनु पर्ने बताए ।
संसदीय समितिहरु कोरम पुर्याउने कुरामा अल्झिदा परिणाममुखी काम नभएको उनको भनाइ छ ।
सम्बन्धित
















अमेरिकी विशेष दूतको भेनेजुएला भ्रमण, द्विपक्षीय वार्ता अघि बढ्ने
नेशनल लाईफ इन्स्योरेन्सको १ दिने तालिम सम्पन्न
महोत्तरी–२ का मतदाताका गुनासा– बर्खामा डुबान र हिउँदमा पानीको हाहाकार
29 dead, 190 injured in six months in Sarlahi
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया