सारा अली खानसँग सम्बन्धमा छन् अर्जुन बाजवा ?

काठमाडौं । बलिउड अभिनेत्री सारा अली खानका प्रेमी भनिएका अर्जुन बाजवाले पहिलो पटक अभिनेत्रीसँगको आफ्नो सम्बन्धलाई लिएर मौनता तोडेका छन् ।
हालै एक अन्तर्वार्तामा अर्जुनले आफुहरुकाबारेमा जे लेखेपनि फरक नपर्ने बताए । ‘मानिसहरूले जे लेख्न चाहन्छन्, लेख्छन् । यो उनीहरूको काम हो। उनीहरुले आफ्नो काम गरिरहेका छन् । म आफूले के गर्नुपर्छ भन्ने कुरामा मात्र ध्यान दिन्छु। साँच्चै उनीहरुले लेखेर मलाई मलाइ फरक पर्दैन,’ उनले भने ।
साराले अर्जुनसँगको आफ्नो सम्बन्धको बारे अहिलेसम्म केहि बोलेकी छैनन् । न त उनले अफवाह पुष्टि गरिन् न त खण्डन।
सारा र अर्जुनसँगै केदारनाथ दर्शनमा गएपछि उनीहरुको डेटिङको खबर बाहिर आएको थियो।
अर्जुन प्रताप बाजवा राजनीतिज्ञ फतेहजंग सिंह बाजवाका छोरा हुन्, जो हाल पञ्जाबमा भारतीय जनता पार्टीका उपाध्यक्ष छन्। अभिनेता, मोडल र गायक हुनुका साथै उनी राजनीतिज्ञ पनि हुन् । उनले फिल्म उद्योगका धेरै ठूला फेसन डिजाइनरको शोमा र्याम्प वाक गरेकी छिन् ।
यसबाहेक उनले अक्षय कुमारको फिल्म ‘सिंह इज ब्लिङ’मा सहायकको रुपमा काम गरिसकेका छन् । भर्खरै उनको पहिलो फिल्म ब्यान्ड अफ महाराजा ओस्कारका लागि मनोनयनमा परेको छ ।













भरतपुरमा बृहत् चक्रपथ उद्घाटन
कांग्रेस विशेष महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका
Vapes worth 22.4 million confiscated
युक्रेनको खार्किवमा रूसी आक्रमण, चार जनाको मृत्यु
Gold and silver price continues surge
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया