कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले बुझायो सातौँ वार्षिक प्रतिवेदन

मोरङ ।कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले आज प्रदेश प्रमुख परशुराम खापुङलाई सातौँ वार्षिक प्रतिवेदन बुझाएको छ ।
प्रमुख खापुङलाई प्रदेश प्रमुखको कार्यालयमा मुख्य न्यायाधिवक्ता नारायण बस्तीले आर्थिक वर्ष २०८०/८१ का सातौँ वार्षिक प्रतिवेदन बुझाएका हुन् ।
प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख खापुङले मुख्य न्यायाधिवक्ताको कार्यालयले प्रदेशमा सरकारका तर्फबाट कानुन लागू गर्न महत्त्वपूर्ण जिम्मेवारी वहन गर्दै आएको उल्लेख गरे ।
उनले न्यायाधिवक्ताको कार्यालयले समुदाय र स्थानीय तहका न्यायिक समितिलाई कानुनी रूपमा सुदृढ गर्दै आइरहेको बताए ।
मुख्य न्यायाधिवक्ता बस्तीले कार्यालयले प्रदेश कानुन कार्यान्वयन, समुदाय र विद्यार्थीसँग न्यायाधिवक्ता कार्यक्रम सञ्चालन गरी प्रदेश कानुनसम्बन्धी जानकारी गराउँदै आएको बताए ।
मुख्य न्यायाधिवक्ताको कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा दुई सय ११ मुद्दामध्ये एक सय चार वटा मुद्दा फर्छ्यौट गरेको प्रतिवेदनमा उल्लेख छ ।
















नारायणघाट–बुटवल सडकः पूर्वी खण्डका पुल निर्माण सम्पन्न
प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार चार सय ४२ कर्मचारी खटाइने
कञ्चनपुरमा चुनावी सरगर्मी बढेसँगै चोक–चौतारीमा उम्मेदवारको व्यक्तित्व र ‘एजेन्डा’ माथि मन्थन
सर्लाहीमा सवारी दुर्घटनाः छ महिनामा २९ जनाको मृत्यु, १९० घाइते
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया