बुधबार, वैशाख ९, २०८३

केसीए यु-१४ क्रिकेट : नेक्सस क्रिकेट एकेडेमीका दुवै टिमको विजयी सुरुआत

मेरोन्यूज २०८१ माघ ११ गते २०:५०

काठमाडौं । केसीए यु-१४ क्रिकेट प्रतियोगितामा नेक्सस क्रिकेट एकेडेमीका दुवै टिमले विजयी सुरूवात गरेका छन्।

Advertisement
NiccNicc

चुनिखेल बुढानिलकण्ठस्थित काठमाडौं क्रिकेट एकेडेमीको मैदानमा शुक्रबार सम्पन्न खेलमा नेक्सस ‘ए’ ५२ रनले र नेक्सस ‘बी’ सुपर ओभरमा विजयी भयो।

प्रतियोगिताको उद्घाटन खेलमा नेक्सस ‘ए’ ले दिएको १०९ रनको लक्ष्य पछ्याएको भक्तपुर मुलपानी क्रिकेट एसोसिएनले १५.३ ओभरमा सबै विकेट गुमाउँदै ५६ रन मात्रै बनाउन सक्यो।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेक्सस ‘ए’ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १०८ रन बनायो।

खेलमा २९ रन र ३ विकेट लिएकी युनिक गुरुङ प्लेयर अफ दि म्याच घोषित भइन्।

यस्तै दोस्रो खेलमा हिमालयन क्रिकेट एकेडेमी ‘बी’ लाई सुपर ओभरमा नेक्सस ‘बी’ ले पराजित गरेको छ।

हिमालयनले दिएको ९५ रनको लक्ष्य पछ्याएको नेक्सस ‘बी’ ले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै ९४ र नै बनाएपछि खेल बराबरी भयो।

त्यसपछि खेलको निर्णय सुपर ओभरमा नेक्सस ‘बी’ विजयी भयो। खेलमा २२ रन र १ विकेट लिएका नेक्सस ‘बी’ का विधानराज बस्नेत प्लेयर अफ दि म्याच घोषित भए ।

प्रतिक्रिया