केसीए यु-१४ क्रिकेट : नेक्सस क्रिकेट एकेडेमीका दुवै टिमको विजयी सुरुआत

काठमाडौं । केसीए यु-१४ क्रिकेट प्रतियोगितामा नेक्सस क्रिकेट एकेडेमीका दुवै टिमले विजयी सुरूवात गरेका छन्।
चुनिखेल बुढानिलकण्ठस्थित काठमाडौं क्रिकेट एकेडेमीको मैदानमा शुक्रबार सम्पन्न खेलमा नेक्सस ‘ए’ ५२ रनले र नेक्सस ‘बी’ सुपर ओभरमा विजयी भयो।
प्रतियोगिताको उद्घाटन खेलमा नेक्सस ‘ए’ ले दिएको १०९ रनको लक्ष्य पछ्याएको भक्तपुर मुलपानी क्रिकेट एसोसिएनले १५.३ ओभरमा सबै विकेट गुमाउँदै ५६ रन मात्रै बनाउन सक्यो।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेक्सस ‘ए’ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १०८ रन बनायो।
खेलमा २९ रन र ३ विकेट लिएकी युनिक गुरुङ प्लेयर अफ दि म्याच घोषित भइन्।
यस्तै दोस्रो खेलमा हिमालयन क्रिकेट एकेडेमी ‘बी’ लाई सुपर ओभरमा नेक्सस ‘बी’ ले पराजित गरेको छ।
हिमालयनले दिएको ९५ रनको लक्ष्य पछ्याएको नेक्सस ‘बी’ ले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै ९४ र नै बनाएपछि खेल बराबरी भयो।
त्यसपछि खेलको निर्णय सुपर ओभरमा नेक्सस ‘बी’ विजयी भयो। खेलमा २२ रन र १ विकेट लिएका नेक्सस ‘बी’ का विधानराज बस्नेत प्लेयर अफ दि म्याच घोषित भए ।
















नारायणघाट–बुटवल सडकः पूर्वी खण्डका पुल निर्माण सम्पन्न
प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार चार सय ४२ कर्मचारी खटाइने
कञ्चनपुरमा चुनावी सरगर्मी बढेसँगै चोक–चौतारीमा उम्मेदवारको व्यक्तित्व र ‘एजेन्डा’ माथि मन्थन
सर्लाहीमा सवारी दुर्घटनाः छ महिनामा २९ जनाको मृत्यु, १९० घाइते
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया