सहकारी ठगीमा संलग्न सबैलाई कारबाही हुने सञ्चारमन्त्रीको दाबी

लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङ सहकारी ठगीमा संलग्न भएका र आयोगले अभियोजन गरेका सबै जनालाई कारबाही हुने बताए। लमजुङको सुन्दर बजारमा शुक्रबार १०औं सुन्दर बजार महोत्सवको उद्घाटन गर्दै सञ्चारमन्त्री गुरुङले उक्त कुरा बताएका हुन्।
सहकारी ठगीमा संलग्न जुनसुकै दलका भए पनि कारबाही हुने उनको भनाइ छ। ठगीमा संलग्नलाई कारबाही गर्दै पीडितलाई न्याय दिने उनको दाबी छ।
‘सहकारी ठगीमा संलग्न काँग्रेस एमालेलाई कारबाही भएको छैन, खाली रास्वपाका सभापति रवि लामिछानेलाई समातेको छ।खेदेको छ, घेरेको छ भन्नेकुरा तपाईंहरूको भ्रम मात्र हो’, मन्त्री गुरुङले भने, ‘संकटग्रस्त २२ वटा सहकारीको छानबिनका लागि माननीय सूर्य थापा नेतृत्वको सर्वदलीय उच्चस्तरीय संसदीय छानबिन समितिले अभियोजन गरेका, कारबाहिका लागि किटान गरेका सबैलाई कारबाही हुन्छ, ढिलोचाँडो मात्र हो।’
मन्त्री गुरुङले सहकारीका विषयमा न्यायिक निकायमा गएको मुद्दालाई नाराजुलुस र हुलदंङ्गा गरेर प्रभावित नपार्न सबैलाई आग्रह गरे।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईसँगको खेलमा नेपाल पराजित
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
प्रतिक्रिया