मंगलबार, वैशाख १६, २०८२

‘प्रचण्ड’द्वारा पाण्डवेश्वर मन्दिरको अवलोकन

मेरोन्यूज २०८१ माघ १२ गते ८:५१

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाङको पर्यटकीयस्थल पाण्डवेश्वर धारपानी मन्दिरको अवलोकन गरेका छन् । 

उनले आज बिहान घोराही उपमहानगरपालिका-५ स्थित मन्दिर र धारपानी क्षेत्रको अवलोकन गरेका हुन् । तीन सय वर्ष पुरानो यस मन्दिरमा विश्वकै अग्लो त्रिशूल रहेको दाबी गरिँदै आएको छ । सोही क्रममा उनले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीले मन्दिरको बारेमा जानकारी गराएका थिए । साथै सोही क्रममा उनले स्थानीयसँग भेटघाट गरेका थिए । 

प्रतिक्रिया