अष्ट्रेलियामा २४ सय नेपालीले लिए मोबाइल पासपोर्ट सेवाबाट लाभ

अष्ट्रेलिया । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अग्रसरता र अष्ट्रेलियास्थित नेपाली दूतावाससँगको सहकार्यमा पछिल्लो एक वर्षमा दुई हजार चार सय नेपालीले मोबाइल पासपोर्ट सेवा लिएका छन् ।
अष्ट्रेलियाका पाँचवटा प्रमुख सहरमा सञ्चालन भएको मोबाइल पासपोर्ट सेवाबाट त्यहाँ रहेका नेपालीहरू लाभान्वित भएको जनाइएको छ ।
राजधानी क्यानबेरास्थित नेपाली दूतावासबाट टाढा रहेका स्थानहरूमा पासपोर्ट नवीकरणको समस्या समाधान गर्न एनआरएनए अष्ट्रेलियाले अग्रसरता लिएको थियो । यो सेवाले समुदायलाई समय र श्रम बचत मात्र नगरी लाखौँको खर्च जोगाउन समेत मद्दत गरेको पुगेको एनआरएनए अष्ट्रेलियाले जनाएको छ ।
एनआरएनएका स्वयंसेवकहरूले आवेदन संकलनदेखि प्राविधिक व्यवस्थापन तथा दूतावाससँग समन्वय गरी सेवालाई सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । यो सेवाको व्यवस्थापनका लागि २५ अष्ट्रेलिया डलरदेखि ७० डलरसम्म प्रशासनिक शुल्क लाग्ने व्यवस्था गरिएको छ ।
नेपालीहरूलाई सहज रुपमा सेवा प्रदान गर्न सुरु गरिएको उक्त सेवाबाट समयमै पासपोर्ट नवीकरण गर्न नसकेका नेपालीहरूले ठूलो राहत पाएको एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले बताए ।
‘यो सेवा यहाँ रहेका नेपाली समुदायको माग र आवश्यकताअनुसार आयोजना गरिएको हो, जसले सेवा लिन असमर्थ रहेका धेरै नेपालीलाई प्रत्यक्ष लाभ पुर्याएकाे छ’, उनले भने । आगामी दिनमा यस्ता सेवाहरूलाई अझ प्रभावकारी बनाउँदै लैजानेमा समेत उनले प्रतिबद्धता व्यक्त गरे ।
















नारायणघाट–बुटवल सडकः पूर्वी खण्डका पुल निर्माण सम्पन्न
प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार चार सय ४२ कर्मचारी खटाइने
कञ्चनपुरमा चुनावी सरगर्मी बढेसँगै चोक–चौतारीमा उम्मेदवारको व्यक्तित्व र ‘एजेन्डा’ माथि मन्थन
सर्लाहीमा सवारी दुर्घटनाः छ महिनामा २९ जनाको मृत्यु, १९० घाइते
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
प्रतिक्रिया