जनतालाई अनुभूत हुनेगरी विकास–निर्माणका काममा सरकार क्रियाशील छ : सञ्चार मन्त्री गुरुङ

लमजुङ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जनतालाई अनुभूत हुनेगरी विकास–निर्माणका काममा सरकार क्रियाशील रहेको बताएका छन् ।
दोर्दी गाउँपालिका–६ कीर्तिपुरबेंसी स्थित भगवान आधारभूत विद्यालयको आज (शनिबार) यहाँ आयोजित स्वर्णजयन्ती समारोहमा देशलाई विकासको पथमा अग्रसर गराउन सरकार लागिपरेको उनले बताए ।
देश विकासका लागि दुई ठूला दलको सरकार बनेकाले आगामी तीन वर्ष सम्म वर्तमान सरकार नै कायम रहने उनले बताए उनले भने, “वर्तमान सरकारले अर्थतन्त्रको विस्तार, सुशासन कायम, सहकारी व्यवस्थापन, स्वास्थ्य, शिक्षा क्षेत्रको उन्नयनलाई केन्द्रमा राखेर काम गरिरहेको छ ।”
सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्याउने भनिए पनि गाउँका जनताले त्यो अधिकार उपभोग गर्न नपाएका र उनीहरूले महसुस गर्नेगरी सरकार काममा लागेको बताए ।
अर्थतन्त्र सुदृढ पार्न, लगानी भित्र्याउने लगायत सदन अधिवेशन नभएको अवस्थामा देशलाई आवश्यक पर्ने ऐन कानून अध्यादेश मार्फत जारी गरिएको उनले स्पष्ट पारे। संसद्मा धेरै विधेयक विचाराधीन रहेको अवस्थामा अत्यावश्यक ती ऐन ससंद्बाट तत्काल पारित नहुने भएकाले अध्यादेशको बाटो अगाल्नुको विकल्प नरहेको उनको कथन थियो ।
सरकारका प्रवक्ता समेत रहेका सञ्चार मन्त्री गुरुङले फरक प्रसङ्गमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष तथा प्रधानमत्री के.पी. शर्मा ओलीले नचाहे सम्म वर्तमान सरकार तल माथि नहुने बताए ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईसँगको खेलमा नेपाल पराजित
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया