धेरै दल होइन, ठुला र बलिया दल आवश्यक छः महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सरकारकार अप्राकृतिक भनि भ्रम फिँजाउने काम भइरहेको बताएका छन्।
राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको राष्ट्रिय भेलालाई शनिबार सम्बोधन गर्दै पोखरेलले लोकतन्त्रमा जनताले पत्याएका दलले शासन गर्नु पर्ने र ती दलले शासन गर्ने कुरा प्राकृतिक भएको प्रष्ट पारेका हुन । जनताले अस्वीकार गरेका दलहरू शीर्ष स्थानमा रहने कुरा अप्राकृतिक भएको उनको भनाइ छ ।
कांग्रेस एमाले सधैँ भरिका लागि नमिलेका पनि उनले जनाए । जनताको बिचमा जाने बेलामा नेकपा एमाले र नेपाली कांग्रेस कसैको बैसाखी नटेकी निर्वाचनमा जाने उनले बताए ।
देश बनाउनको लागि धेरै राजनीतिक दल होइन ठुला र बलिया राजनीतिक दल आवश्यक रहेको उनको भनाइ छ । ठुला र बलिया दलले मात्र मुलुकमा विकास र समृद्धिको काम गर्न सक्ने पोखरेलले स्पष्ट पारे ।
एमाले पार्टीको नीति एमालेको मात्र नीति बनेर देश अघि नबढ्ने उनको भनाइ छ । एमालेको नीति मुलुकको नीति बन्नु पर्ने पोखरेलले स्पष्ट पारेका छन् । त्यसका लागि एमालेको नीति मिसन २०८४ र एमालेको एकल बहुमतको सरकार भएको पोखरेलले बताए ।
नयाँ पुस्तालाई राजनीतिसँग जोड्न नसक्ने राजनीतिक दलले देशको लागि काम गर्न नसक्ने उनले बताए । नेकपा एमाले युवामा भरोसा गर्ने र युवालाई अवसर दिने पार्टी भएको पोखरेलले स्पष्ट पारेका छन । ‘अबको युग युवाको युग हो, युवाको साथमा नेकपा एमाले छ’, उनले भने ।
देशलाई बलिया राजनीतिक दल, स्पष्ट राजनीतिक दृष्टिकोण र दूरदर्शी नेतृत्व आवश्यक रहेको पोखरेलले बताए । त्यो क्षमता नेकपा एमाले र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मात्र रहेको उनले स्पष्ट पारेका छन । ‘हामी केपी ओलीको नेतृत्वमा नेपाललाई समृद्ध नेपाल, सुखी नेपालीको आकाङ्क्षा पुरा गर्ने अभियान चलाउन चाहन्छौँ’, उनले भने ।
आज राष्ट्र निर्माण गर्ने व्यक्ति केपी ओली माथि चौतर्फी हमला भइरहेकोसमेत उनको भनाइ रहेको छ। त्यो सङ्कट समाधानका लागि राष्ट्रिय युवा संघ नेपाललाई अग्र मोर्चामा उभिन उनले आग्रह गरे । देशको सार्वभौम स्वाधीनता रक्षाका लागि नेपाली युवा जाग्नु पर्नेमा पोखरेलले जोड दिए ।
एमाले र केपी ओली माथि नराम्रो काम गरेको कारण हमला नभएको जनाउँदै नेपाललाई असफल गराउन चाहनेहरूले एमाले र केपी ओली माथि हमला गरिरहेको पोखरेलले बताए ।
जहाँ सङ्कट हुन्छ, त्यहाँ समाधान हुने बताउँदै त्यसैले केही गर्छु भन्ने युवालाई देशमा नै सम्भावना भएको उनको भनाइ छ । नेपाल हामी आफैँ बनाउने भावनाका साथ युवा जाग्नु पर्ने र लाग्नु पर्नेमा उनको जोड छ ।
समाजलाई अघि बढाउन समाजमा आशा जगाउनु पर्ने बताउँदै उनले एमाले अध्यक्ष केपी शर्मा ओली आशाको संवाहक भएकोसमेत बताए । एमाले अध्यक्ष केपी ओलीले देखेका सपना आज व्यवहारमा बदलिँदै गएका पोखरेलले स्पष्ट पारेका थिए ।















More than 6,700 tourists from third countries enter Nepal via Kakadbhitta
कालीमाटीमा मटरकोसा भाउ किलोको ५०,गोलभेँडाकाे ४५, अरु तरकारीको कति?
बाजुराको उच्च भेगमा वर्षातसंगै हिमपात हुँदा किसान खुसी
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
प्रतिक्रिया