ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच तथा कपडा वितरण
मेरोन्यूज
२०८१ माघ १२ गते २१:४०

दाङ । तुलसीपुर र घोराहीका ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्नुका साथै कम्बल वितरण गरिएको छ ।
नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल लुम्बिनी प्रदेशको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर एवं कम्बल वितरण गरिएको हो ।महासंघ लुम्बिनी प्रदेश कमिटीका कोषाध्यक्ष द्रोण वलीले स्वास्थ्यकर्मी समाजमा योगदान पुर्याएका ज्येष्ठ नागरिकको सम्मानस्वरुप कम्बल वितरण गरिएको बताए । उनले तुलसीपुर उपमहानगरपालिका-१९ र घोराही उपमहानगरपालिका-११ का ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिएको बताए ।
तुलसीपुर उपमहानगरपालिका-१९ का कार्यवाहक वडाध्यक्ष रामबहादुर पौडेलले वडाले ८० वर्ष उमेर पुगेका ५५ जनालाई कपडा वितरण गरेको बताए । त्यस अवसरमा राप्ती लाइफ केयर अस्पतालका डा. आयुष गौतमले ज्येष्ठ नागरिकको मधुमेह, उच्च रक्तचाप, दमको परीक्षण गरेका थिए ।
सम्बन्धित
















डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि, हवाई इन्धन सस्तियो
इरानको तटीय क्षेत्रको एक भवनमा विस्फोट
सुदूरपश्चिम प्रदेशका २०६ उम्मेदवार मध्ये १८ महिला : कुन पार्टीका उम्मेदवार ?
पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
निर्वाचनको ३५ दिन बाँकीः यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
तपाईको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
प्रतिक्रिया