रसुवामा निःशुल्क स्वास्थ्य शिविर

रसुवा। रसुवाको स्याफ्रुबेँसीमा आयोजना गरिएको एक दिवसीय निःशुल्क स्वास्थ्य शिविरमा एक सय पाँच महिलाको पाठेघर परीक्षण गरिएको छ । लाङटाङ लिरूङ अस्पतालद्वारा आयोजित शिविरमा १२ जनामा पोजेटिभ भेटिएको डा जीवन तामाङले बताए ।
समस्या देखिएका बिरामीलाई आवश्यक परामर्श दिन थालिएको र स्थानीयस्तरमा उपचार हुन नसक्नेलाई जोखिमको अवस्था हेरी बाहिर पठाउन तयार भइरहेको उनले बताए । परीक्षणका लागि स्त्रीरोग विषेशज्ञ डा पुनम लामा खटिएको थियो ।
ग्रामीणवासीलाई लक्षित गरी सञ्चालन गरिएको अस्पतालले हालसम्म एक हजार पाँच सय भन्दाबढीलाई उपचार सेवा प्रदान गरिसकेको डा तामाङले बताए ।
आफूलाई परेको समस्या खुलस्त रूपमा नभन्ने र लाज मानेर अस्पताल नजाने गरेको पाइएकाले महिला चिकित्सकबाटै परामर्श सहितको उपचारसेवा दिने गरिएको अस्पतालले बताएको छ । आफ्नो स्वास्थ्यप्रति सजक रही स्वास्थ्य संस्थामा जान सुझावसमेत दिँदै आइएको छ ।
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया