यशोदा फूड्सको ग्लोबल कार्यकारी निर्देशकमा जीपी शाह

काठमाडौं । यशोदा फूड्सको ग्लोबल कार्यकारी निर्देशकमा जीपी शाह नियुक्त भएका छन् ।
शुक्रबार काठमाडौं सोल्टीमोड स्थित हायात सेन्ट्रिकमा एक भव्य सम्मान समारोहको आयोजना गर्दै यशोदा फूड्सले कार्यकारी निर्देशकमा शाहलाई नियुक्त गरिएको घोषणा गरेको हो ।
अन्तर्राष्ट्रिय बजारमा वार्षिक टर्न ओभर एक सय करोड भन्दा माथि भएको यशोदा फूड्सले भारत, क्यानेडा, अमेरिका, बहराइन, कूवेट, यूएई, जापान, यूके, ईटाली, मलेसिया, अस्ट्रेलिया, कोरिया, भूटान, हङकङ, कतार, सिंगापोर, न्यूजिल्यानड लगायत १५ भन्दा बढी देशमा आफ्ना उत्पादन निर्यात गर्ने गरेको छ ।
समारोहमा औद्योगिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, व्यवसायिक साझेदारहरू र मिडिया प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो । सोही कार्यक्रममा यशोदा फूड्सका अध्यक्ष चुन्न प्रसाद पौडेलले खादा र फूलको गुच्छा सहित जीपी शाहलाई ग्लोबल कार्यकारी निर्देशक रूपमा सम्मान गर्दै स्वागत गरेका थिए ।
ग्लोबल कार्यकारी निर्देशकको पदमा जीपी शाहको नियुक्ति संगै यशोदा फूड्सको नयाँ र उत्साहजनक अध्यायको सुरुवात भएको कम्पनीको भनाइ छ ।















हर्क साम्पाङ र सुदन किरातीबिच एकताको सहमति
यस्तो छ आज कृषिउपजको मूल्य
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
ट्रम्पले भने – इरानी आक्रमणबीच तीन अमेरिकी युद्धपोतले सफलतापूर्वक होर्मुज जलमार्ग पार गरे
अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया